आइतवार, आश्विन २५ २०८३Oct 11 2026

Logo
images images

कांग्रेसका प्रभावशाली नेता विष्टको कोरोनाले निधन

कांग्रेसका प्रभावशाली नेता विष्टको कोरोनाले निधन

  • मिडिया डबली
  • आइतवार, आषाढ ६ २०७८

  • 4.6K
    SHARES

  • कांग्रेसका प्रभावशाली नेता विष्टको कोरोनाले निधन

    काठमाडौं – नेपाली कांग्रेसका प्रभावशाली नेता तथा पूर्व सञ्चार राज्यमन्त्री तप्तबहादुर बिष्टको कोरोना भाइरस संक्रमणबाट निधन भएको छ ।

    कर्णाली प्रदेशको राजधानी सुर्खेतमा कोरोना संक्रमण भएका बिष्टलाई थप उपचारका लागि केही दिनअघि हेलिकप्टरमा काठमाडौं पुर्‍याइएपनि उनको निधन भएको हो ।

    ललितपुरको मेडिसिटी अस्पतालमा उपचारको क्रममा आईतबार बिहान ५ बजेतिर विष्टको निधन भएको जनाइएको छ ।

    लामो समय सुर्खेत कांग्रेसका सभापति रहेका बिष्ट २०७० सालमा सुर्खेतको ३ नम्बर निर्वाचन क्षेत्रबाट संविधानसभा सदस्य निर्वाचित भएका थिए ।

    विष्ट २०७४ सालमा शेरबहादुर देउवा नेतृत्वको सरकारमा सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री समेत रहेका थिए । विष्ट कर्णाली प्रदेशमा प्रभावशाली नेता रहेका थिए ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend