काठमाडौं – नेपाली कांग्रेसका चर्चित युवा नेता तथा पूर्व स्वास्थ्य मन्त्री गगनकुमार थापाले नेपालीका लागि विश्वभरबाट आउनै लागेको कोरोना भाइरस संक्रमण विरुद्धको खोप कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओलीका हर्कतले रोकिएको खुलासा गरेका छन् ।
‘कोभिडविरुद्ध हाम्रो अभियान संवाद श्रृंखला’लाई भर्चुअल माध्यमबाट सम्बोधन गर्दै नेता थापाले भने, ‘प्रधानमन्त्रीले गत पुस महिनामा प्रतिनिधिसभा विघटन नगरेको भए नेपालमा खोप आइसक्थ्यो ।’
संसद चलेको अवस्थाले सांसदले सरकारलाई निर्देशन दिएर खोप किन्न बाध्य पार्न सकिने भएपनि ओलीले संसद विघटन गरेर खोप खरिदमा ढिलाइ गरिरहेको जिकिर गरे ।
नेता थापाले कोरोना विरुद्धको खोप किन्न खर्च गरिने पैसा खर्च नभएर लगानी भएको तर्क समेत गरे । ‘अधिकांश जनताले खोप लगाएपछि लकडाउन गर्नु पर्दैन्थ्यो, अर्थतन्त्र चलायमान हुन्थ्यो र खोप किन्न खर्च गरेको ४०/५० अर्ब रुपैयाँ उठिसक्थ्यो,’ नेता थापाले भने, ‘नालायक र अकर्मण्य प्रधानमन्त्रीका कारण देशले ठूलो क्षति ब्यहोर्नुपरेको छ ।’
थापाले आफू स्वास्थ्य मन्त्री हुँदा भरतपुर अस्पतालमा २ करोड रुपैयाँको लागतमा अक्सिजन प्लान्ट बनाउन सफल भएको बताए । ‘गत माघ–फागुन महिनामा सरकारले अक्सिजनको प्रबन्ध गर्न नसक्दा सयौं नागरिकको ज्यान गयो । प्रधानमन्त्रीको हातमा हत्याको दाग लागेको छ,’ थापाले भने ।
कोरोना महामारीको बेला औषधि किन्दा भ्रष्टाचार गर्ने, महंगो चार्टर्ड उडान गरेर कमिशन खाने सरकार संसारमै कहीँकतै नभएको नेता थापाले बताए ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।