काठमाडौं – नेपाली कांग्रेसले देशभरका नेता कार्यकर्ताका लागि विशेष सूचना दिएको छ ।
पार्टीको केन्द्रीय क्रियाशील सदस्यता छानबिन समितिले पार्टीको १४औं महाधिवेशनका लागि क्रियाशील सदस्यता नवीकरण गर्न निश्चित मापदण्ड निर्धारण गरेर जानकारी दिएको छ ।
पार्टी केन्द्रबाट उपलब्ध गराइएको सफ्टवेयरमा जिल्लाबाट प्रविष्ट गरी नाम प्रस्ताव गर्दा नवीकरण गर्न छुट भएको अवस्थामा असार ९ गतेभित्र नवीकरण गर्न योग्य सदस्यका आवश्यक विवरण पठाउन समितिले मातहतका देशभरका समितिलाई निर्देशन दिएको छ । छुट भएका क्रियाशील सदस्यले स्थानीय समितिमा सम्पर्क गर्नुपर्नेछ ।
पार्टीको आधिकारिक उम्मेदवारविरुद्ध विद्रोही उम्मेदवार बनेका वा त्यस्तो विद्रोही उम्मेदवारको प्रस्तावक समर्थक बनेका, पार्टी अनुशासनको कारवाहीमा परेका, पार्टी परित्याग गरेका र निधन भएका व्यक्तिको सदस्यता नवीकरण नहुने समिति सचिव केशव रिजालले प्रेस विज्ञप्तिमार्फत जनाएका छन् ।
समितिले क्रियाशील सदस्यता नवीकरण गर्न छुट भए, नवीकरण गर्नुपर्ने सदस्यको नामावली विवरण र शुल्क समेत समितिमा असार ९ गतेभित्र पठाउन सबै जिल्ला कार्यसमिति, क्षेत्रीय कार्यसमिति, प्रदेशसभा क्षेत्रीय कार्यसमिति, गाउँ/नगरपालिका कार्यसमिति र वडा कार्यसमितिलाई निर्देशन गरेको छ ।
यस्तो छ प्रेस विज्ञप्ति –

मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।