आइतवार, आश्विन २५ २०८३Oct 11 2026

Logo
images images

प्रचण्डले हुर्काएका यी नेता कान्छी श्रीमतीको घरबाट हतियारसहित पक्राउ, वर्षाैंदेखि लुटपाट !

प्रचण्डले हुर्काएका यी नेता कान्छी श्रीमतीको घरबाट हतियारसहित पक्राउ, वर्षाैंदेखि लुटपाट !

  • मिडिया डबली
  • शुक्रवार, आषाढ ४ २०७८

  • 22.3K
    SHARES

  • प्रचण्डले हुर्काएका यी नेता कान्छी श्रीमतीको घरबाट हतियारसहित पक्राउ, वर्षाैंदेखि लुटपाट !

    काठमाडौं – जनताको मुक्तिका नाममा पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चलाएको लुटपाट युद्धमा हुर्किएका एक नेता उदयपुरबाट हतियारसहित पक्राउ परेका छन् ।

    उदयपुरबाट प्रहरीले अवैध पेस्तोलसहित नेता परशुराम चौधरीलाई पक्राउ गरेको हो । पक्राउ परेका चौधरीलाई प्रहरीले पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको छ ।
     
    जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीको विशेष टोलीले चौधरीलाई ९ एमएममा लाग्ने ५ वटा गोली र चन्दाका रसिदसहित पक्राउ गरेको एसपी भीमबहादुर दाहालले जानकारी दिए ।

    प्रचण्डको नेतृत्वमा भएको सशस्त्र द्वन्द्वकालदेखि नै हतियार राखेर चन्दा आतंक मच्चाउँदै आएको भन्ने सूचनाका आधारमा चौधरीलाई अनुसन्धानका क्रममा कान्छी श्रीमती श्यामकुमारी चौधरीको घरबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

    प्रहरीले चौधरीको पेस्तोल, गोली, अखिल नेपाल टे«ड युनियन महासंघ लेखिएको ८ ठेली सहयोग रसिद, नेकपा माओवादी केन्द्र लेखिएको ३ थान सदस्यता र अखिल नेपाल निर्माण मजदुर संघ लेखिएको ८५ वटा सदस्यतापत्र समेत बरामद गरेको छ । 

    कान्छी श्रीमतीकी छोरी र सप्तरी जिल्लाको सुरुंगा नगरपालिका–८ का २३ वर्षीय बवि चौधरी बीचको प्रेम सम्बन्धलाई उनले मन नपराएपछि सम्बन्ध तोड्न उनले छोरीको केटा साथीलाई फसाउने योजना अनुरूप बवि आएको मौका छोपी कान्छी श्रीमतीको घरमा पेस्तोल राखेको प्रारम्भिक अनुसन्धानबाट खुलेको एसपी दाहालले जानकारी दिए ।

    ‘परशुरामले छोरी र केटाबीचको सम्बन्ध टुटाउन निकै प्रयास गरेको देखिन्छ, त्यति गर्दा समेत नभएपछि बवि आएको मौका छोपी कान्छी श्रीमतीको घरमा गई झोलामा पेस्तोल राखेर प्रहरीलाई बोलाएर फसाउने नियत गरेको देखिन्छ,’ एसपी दाहालले भने ।

    अनुसन्धानका लागि बविसहित चौधरीकी कान्छी श्रीमती र छोरीलाई समेत जिल्ला प्रहरी कार्यालय बोलाइएको छ । यसअघि चौधरी माओवादी द्वन्द्वकालमा माओवादीको लडाकु र त्यसपछि पार्टीको जिल्ला कमिटी सदस्य तथा भातृ संगठन मजदुर संघको जिल्ला संयोजक समेत रहेका थिए । उनी २०७७ माघ ४ गते जसपामा प्रवेश गरी सोही पार्टीको जिल्ला सदस्य बनेको जनाइएको छ ।

     

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, जेठ १० २०७७०२:५९:११
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend