काठमाडौं – नेपाली कांग्रेसको बिहीबार बसेको केन्द्रीय कार्यसमिति बैठकले वडा तहको अधिवेशन आगामी साउन १२ गतेदेखि गर्ने निर्णय गरेको छ ।
शनिवार सम्पन्न कांग्रेस पदाधिकारी बैठकले साउन ६ गतेदेखि वडा तहबाट अधिवेशन थाल्ने प्रस्ताव पारित गरे पनि बिहीबार बसेको केन्द्रीय कार्यसमिति बैठकले थप ६ दिन पर सार्दै साउन १२ गतेदेखि अधिवेशन सुरु गर्ने निर्णय गरेको छ ।
केन्द्रीय कार्यसमिति बैठकले पालिका, जिल्ला तथा प्रदेशस्तरीय अधिवेशनको कार्यतालिकामा समेत सामान्य हेरफेर गरेको छ । कांग्रेसले आगामी भदौ १६–१९ गतेसम्म १४ औं महाधिवेशन गर्ने भएपछि तल्ला तहका अधिवेशनमा सहमति जुटेको छ ।
महाधिवेशन गर्न कांग्रेसभित्र क्रियाशील सदस्यता विवाद टुंगो लगाउन असार २० गतेसम्मको समय तोकिएको छ । क्रियाशील सदस्यता छानविन समितिका संयोजक रमेश लेखकले क्रियाशील सदस्यता सम्बन्धी विवाद समयमै टुंग्याउने प्रतिबद्धता जनाएका छन् ।
लेखकले छानविन समितिका कारण महाधिवेशन नरोकिने र कुनै पनि हालतमा प्रभावित हुन नदिने प्रतिबद्धता जनाए । कोरोना भाइरस संक्रमणका कारण कांग्रेस महाधिवेशन सर्दै आएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।