आइतवार, आश्विन २५ २०८३Oct 11 2026

Logo
images images

विपद्मा परेका जनताको घरदैलोमै पुगे कांग्रेसी मुख्यमन्त्री, बल्ल भयो सरकारको अनुभूति !

विपद्मा परेका जनताको घरदैलोमै पुगे कांग्रेसी मुख्यमन्त्री, बल्ल भयो सरकारको अनुभूति !

  • मिडिया डबली
  • बिहिवार, आषाढ ३ २०७८

  • 11.7K
    SHARES

  • विपद्मा परेका जनताको घरदैलोमै पुगे कांग्रेसी मुख्यमन्त्री, बल्ल भयो सरकारको अनुभूति !

    काठमाडौं – नेपाली कांग्रेसबाट निर्वाचित गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल सरकार भएको अनुभूति दिँदै विपद्का बेला जनताको घरदैलोमा पुगेका छन् ।

    हिमाल पारीको जिल्ला मनाङका विभिन्न स्थानमा बाढीपहिरोबाट प्रभावित परिवारका लागि राहत बोकेर मुख्यमन्त्री पोखरेल जनताको घरदैलोमै पुगेका हुन् ।

    नेपाली सेनाको हेलिकप्टरमा मुख्यमन्त्री पोखरेल, मन्त्री राजीव गुरुङ (दिपक मनाङे), सांसद, उच्च पदस्थ कर्मचारी लगायतको टोली प्रभावित क्षेत्रमा पुगेको हो । राहत सामग्री बोकेर मुख्यमन्त्री नै घरदैलोमा आएपछि जनताले सरकार भएको अुनुभूति गरेका छन् । कांग्रेसको सरकार गठन हुनुअघि कम्युनिस्ट शासनमा मुख्यमन्त्रीहरू प्रदेश राजधानी पोखराबाहिर खासै जाने गरेका थिएनन् ।

    मुख्यमन्त्री पोखरेलको नेतृत्वमा बसेको प्रदेशको बैठकले प्रदेशस्तरीय विपद् कोषमा तत्कालका लागि ५ करोड रुपैयाँ राख्ने निर्णय समेत गरेको छ । पछिल्ला दिनमा प्रदेश अन्तर्गतका जिल्लामा अविरल वर्षासँगै ठाउँठाउँमा क्षति भइरहेका विवरण आएकाले उद्धार, राहत र व्यवस्थापनका लागि प्रदेश सरकारबाट कोषमा रकम राख्ने निर्णय गरिएको छ ।

    गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलको अध्यक्षतामा बिहीबार बसेको गण्डकी प्रदेशस्तरीय प्रदेश विपद् व्यवस्थापन कार्यकारी समितिको बैठकले उद्धार, उपचार र राहत वितरणमा सरकारी संयन्त्र परिचालन गर्ने निर्णय गरेको छ ।

    cm manang.jpg

    बैठकमा मुख्यमन्त्री पोखरेलले प्रदेश र जिल्लास्थित सुरक्षाकर्मी, जनप्रतिनिधि, सरकारी तथा गैरसरकारी कार्यालयलाई विपद्को अवस्थामा तत्काल उद्वार तथा सहयोगमा लाग्न र पूर्व तयारीमा रहन निर्देशन दिएका छन् ।

    वर्षाका कारण अवरुद्व सडक तत्काल मर्मत गरी सञ्चालनमा ल्याउन भौतिक तथा पूर्वाधार मन्त्रालयलाई बजेट प्रबन्ध मिलाउन समेत मुख्यमन्त्री पोखरेलले निर्देशन दिएका छन् ।

    मुख्यमन्त्री पोखरेलले पदबहाली भएकै दिनमा विपद् पूर्व तयारी तथा प्रतिकार्य योजना तत्काल निर्माण गरी कार्यान्यवनमा ल्याउन निर्देशन दिएका थिए । सरकारले प्रदेशका ९ जिल्लाका लागि १०/१० लाख रुपैयाँ, मनाङ र मुस्ताङका लागि २/२ लाख रुपैयाँ पठाएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend