आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

बाढीपहिरोको विनाशप्रति ओलीलाई भन्दा पूर्वराजा शाहलाई चिन्ता

बाढीपहिरोको विनाशप्रति ओलीलाई भन्दा पूर्वराजा शाहलाई चिन्ता

  • मिडिया डबली
  • बिहिवार, आषाढ ३ २०७८

  • 6.5K
    SHARES

  • बाढीपहिरोको विनाशप्रति ओलीलाई भन्दा पूर्वराजा शाहलाई चिन्ता

    काठमाडौं - एक साताको झरीले देशभरको जनजीवन प्रभावित बनेको छ । झन्डै दुई दर्जन पहाडी जिल्लामा अर्बौको भौतिक संरचनामा क्षति पुगेको छ । सातजनाको मृत्यु भएको छ । २७ जनाभन्दा बढी बेपत्ता भएका छन् ।

    तर, प्रधानमन्त्री केपी ओलीको नेतृत्वको एमाले सरकार मूकदर्शक बनेको छ । सरकारले प्रभावित जिल्ला र पीडितको समस्या समाधान कुनै ठोस कदम चालेको छैन । कोरोनाको महाव्याधिपछि अर्को प्राकृतिक विपत्तिमा पनि ओलीलाई कसरी आफ्नो सरकार जोगाउने भन्ने नै चिन्ता छ ।

    विभिन्न राजनीतिक दल र तिनका भ्रातृसंगठन उद्धार कार्य र राहत वितरणमा जुटिसक्दा पनि ओलीले विपदमा परेकाका लागि राहत दिन बैठकसमेत राख्न सकेका छैनन् ।

    यस्तो अवस्थामा पूर्वराजा ज्ञानेन्द्र शाहले भने विज्ञप्ति जारी गर्दै दुःख व्यक्त गरेका छन् । उनले हिमाल, पहाड र तराईका धेरै जिल्लाहरुमा क्षति भएको एवम् वस्तीका बासिन्दाहरुको उठीबास भएको दुःखद खबर सुन्दा, देख्दा आफूलाई दुखित तुल्याएको जनाएका छन् ।

    ‘फेरि बाढी, पहिरो, नदी कटान जस्ता प्राकृतिक विपत्ति हामी कहाँ आईपरेको छ। हिमाल, पहाड र तराईका धेरै जिल्लाहरुमा क्षति भएको एवम् वस्तीका बासिन्दाहरुको उठीबास भएको दुःखद खबर सुन्दा, देख्दा हामीलाई दुखित तुल्याएको छ । यस्तो बेलामा सबै मिलेर महामारी र प्राकृतिक विपत्तिको न्यूनिकरण गर्ने तर्फ जिम्मेवार बन्नु पर्ने हुन्छ । अवस्था विकराल नहोस, अपार क्षति नहोस् र जनकल्याणकारी प्रबन्ध प्रभावकारी रुपमा होस भन्ने हाम्रो आग्रह छ,’ पूर्वराजा शाहले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend