आइतवार, भाद्र १४ २०८३Aug 30 2026

Logo
images images

प्रचण्डका खास मान्छेलाई विघटनको मुद्दा हेर्न संवैधानिक इजलासमा बस्ने जिम्मा, यी हुन् ४ नाम

प्रचण्डका खास मान्छेलाई विघटनको मुद्दा हेर्न संवैधानिक इजलासमा बस्ने जिम्मा, यी हुन् ४ नाम

  • मिडिया डबली
  • मंगलवार, आषाढ १ २०७८

  • 10.5K
    SHARES

  • प्रचण्डका खास मान्छेलाई विघटनको मुद्दा हेर्न संवैधानिक इजलासमा बस्ने जिम्मा, यी हुन् ४ नाम

    काठमाडौं – प्रतिनिधिसभा संसद विघटनसम्बन्धी मुद्दाको सुनुवाइका लागि सर्वोच्च अदालतको संवैधानिक इजलासमा बस्ने ४ जना एमिकस क्युरी (अदालतका सहयोगी) को नाम टुंगो लागेको छ ।

    आज मंगलवार नेपाल बार एसोसिएसन र सर्वोच्च अदालत बार एसोसिएसनले २/२ जना जना वरिष्ठ अधिवक्ताको नाम एमिकस क्युरीका लागि टुंग्याएको हो ।

    नेपाल बारको तर्फबाट वरिष्ठ अधिवक्ता राघवलाल वैद्य र उषा मल्ल पाठकलाई एमिकस क्युरीमा पठाइएको अध्यक्ष चण्डेश्वर श्रेष्ठले बताए । वैद्य पूर्व महान्यायाधिवक्ता हुन्, उनी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू प्रधानमन्त्री भएका बेला वैद्यलाई महान्यायाधीवक्ता नियुक्त गरेका थिए । वैद्यले महान्यायाधीवक्ताको रूपमा प्रचण्डलाई २०६५ भदौ ५ गतेदेखि २०६६ जेठ ११ गतेसम्म सघाएका थिए ।

    एमिकस क्युरीमा छानिएका अर्का वरिष्ठ अधिवक्ता पाठक नेपाल बारका पूर्व उपाध्यक्ष रहेका छन् ।

    सर्वोच्च अदालत बार एसोसिएसनले समेत मंगलवार नै २ जना वरिष्ठ अधिवक्तालाई एमिकस क्युरीको रूपमा छानेको छ । बारका सचिव ऋषिराम घिमिरेले वरिष्ठ अधिवक्ता कोमलप्रकाश घिमिरे र प्रकाशबहादुर केसीको नाम छानिएको बताए ।

    गत जेठ ७ गते प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्रतिनिधिसभा विघटन भएपछि त्यसविरुद्ध सर्वोच्च अदालतमा मुद्दा विचाराधीन रहेको छ ।

    मुद्दामा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा, न्यायाधीश दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र डा. आनन्दमोहन भट्टराईको इजलासले नेपाल बार एसोसिएसन र सर्वोच्च अदालत बार एसोसिएसनबाट २/२ जना एमिकस क्युरीको सहयोग लिने आदेश गरेको थियो ।

    बारले प्रचण्ड समेत रिट निवेदक रहेको मुद्दामा प्रचण्डकै खास वरिष्ठ अधिवक्तालाई सहयोगीको रूपमा पठाएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, जेठ १० २०७७०२:५९:११
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend