आइतवार, आश्विन २५ २०८३Oct 11 2026

Logo
images images
राजनीतिक बिशेष

प्रचण्ड छाडेर एमाले गएका पूर्वमाओवादी खेमाको बिल्लीबाठ

प्रचण्ड छाडेर एमाले गएका पूर्वमाओवादी खेमाको बिल्लीबाठ

  • मिडिया डबली
  • मंगलवार, आषाढ १ २०७८

  • 6.0K
    SHARES

  • प्रचण्ड छाडेर एमाले गएका पूर्वमाओवादी खेमाको बिल्लीबाठ

    काठमाडौं - मन्त्रीको लोभमा माओवादी केन्द्र छाडेर एमाले प्रवेश गरेका आधा दर्जन नेताहरूको बिल्लीबाठ भएको छ ।

    प्रधानमन्त्री केपी ओलीको लहैलहैमा लागेर माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको शेखी झार्न खोज्ने पूर्वमाओवादी नेताहरू टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह, मणि थापा, गौरिशंकर चौधरी, दावा लामालगायतको बिल्लीबाठ भएको हो ।

    तर, पूर्वगृहमन्त्री रामबहादुर थापा बादल भने श्रीमती नैनकला थापालाई सञ्चारमन्त्री बनाउन सफल भएका छन् । आफूलाई मन्त्री बन्न सर्वोच्च अदालतले रोक लगाए पनि श्रीमतीलाई मन्त्री बनाएपछि पूर्वमाओवादी खेमाका नेताहरू आक्रोशित भएका छन् ।

    उनीहरूले बादललाई आफ्नो नेता नमान्ने संकेत गरेका छन् । मणि थापा भन्छन्, ‘कार्यकर्तापंक्ति त्यति खुसी छैन ।’ उसो त बादल कुनै जनाधार भएका नेता पनि होइनन् ।

    चितवनमा उनको पकड बलियो छैन । एमालेको सूर्य चुनाव चिह्न लिएर बागमती प्रदेशको राष्ट्रिय सभामा उठ्दा पनि पराजित बने । त्यही भएर उनले अहिले नै मौका छोपौं भनेर श्रीमतीलाई मन्त्री बनाएको उनी निकट नेताहरु बताउँछन् ।

    यदि आगामी निर्वाचनसम्म पूर्वमाओवादी नेताहरु एमालेमा रहे भने एक दुईबाहेक अरुले टिकट पाउने सम्भावना पनि छैन । टोपबहादु र प्रभु साहले भने पाइहाल्छन् कि ।

    लेखराज भट्टलाई त भीम रावल एक्लै काफी छन् कैलालीबाट हराउन । अब माओवादीमा फर्कने ढोका पनि उनीहरूका लागि बन्द भएको छ । एमालेमा त ९० प्रतिशतले मनै पराउँदैनन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, जेठ १० २०७७०२:५९:११
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend