आइतवार, आश्विन २५ २०८३Oct 11 2026

Logo
images images
आजको विशेष

कांग्रेस क्रियाशील सदस्य आठ लाख पुग्यो, बन्यो देशकै सबैभन्दा ठूलो पार्टी

कांग्रेस क्रियाशील सदस्य आठ लाख पुग्यो, बन्यो देशकै सबैभन्दा ठूलो पार्टी

  • मिडिया डबली
  • मंगलवार, आषाढ १ २०७८

  • 16.5K
    SHARES

  • कांग्रेस क्रियाशील सदस्य आठ लाख पुग्यो, बन्यो देशकै सबैभन्दा ठूलो पार्टी

    काठमाडौं - नेपाली कांग्रेसको क्रियाशील सदस्यको संख्या आठ लाख नाघेको छ । १३औं महाधिवेशनमा साढे चार लाख क्रियाशील सदस्य संख्या थियो । साढे पाँच वर्षमै कांग्रेसले दोब्बर संख्या थप गरेको हो ।

    यसले कांग्रेसमा जनआकर्षण बढेको देखिएको छ । १० लाख सदस्य बनाउने लक्ष्य लिएर अघि बढेको कांग्रेसले पाँच लाखभन्दा बढी क्रियाशील सदस्यको नाम सार्वजनिक गरिसकेको छ ।

    थप क्रियाशील सदस्य संख्या कांग्रेसको वेबसाइटमा इन्ट्री हुने क्रम जारी छ । यसपटक थपिएका चार लाख १९ हजार नौ सय ३९ र नवीकरण गरेका तीन लाख ८० हजार तीन सय ७८ गरी कुल आठ लाख तीन सय १७ जना क्रियाशील सदस्यको विवरण केन्द्रीय कार्यालयमा प्राप्त भएको छ । कांग्रेसले थप ६५ स्थानको क्रियाशील सदस्यको नामावली सार्वजनिक गरेको हो ।

    केन्द्रीय क्रियाशील सदस्यता छानबिन समितिको शनिबार साँझ बसेको बैठकको निर्णयबमोजिम केन्द्रीय कार्यालयले ३३ जिल्लाका थप ६५ स्थानको नामावली सार्वजनिक गरेको हो ।

    यसअघि ६० भन्दा बढी जिल्लाबाट प्राप्त एक सय एक स्थानको नामावली कांग्रेसले आफ्नो वेबसाइटमा राखिसकेको छ । कांग्रेसले १४औँ महाधिवेशनमा क्रियाशील सदस्यको संख्या दोब्बरले वृद्धि गरी दश लाख पुर्याउने लक्ष्यसहित नवीकरण र वितरणको काम थालेको थियो ।

    जसअनुसार जिल्ला कार्यसमितिले पुराना क्रियाशीलको नवीकरण र प्रतिनिधिसभा निर्वाचन क्षेत्रीय समितिहरूले नयाँ सदस्यता वितरण गरी केन्द्रीय कार्यालयको सफ्टवेयरमा देशभरका दुई सय सात स्थानबाट नवीकरण र नयाँ सदस्यताको विवरण अपडेट हुने व्यवस्था गरिएको थियो ।

    तीमध्ये अहिलेसम्म एक सय ६६ स्थानको नामावली प्रक्रिया पुर्याएर निर्विवाद रूपमा प्राप्त भएको र छानबिन समितिले ती नामावली सार्वजनिक गरेको सचिव केशव रिजालले जानकारी दिएका छन् ।

    तीन वर्षअघि तत्कालीन एमाले र माओवादी केन्द्रबीच पार्टी एक भएर नेकपा बन्दा कम्युनिस्टको पूर्णकालीन सदस्य संख्या १० लाख नाघेको थियो ।

    तर, फागुनमा नेकपा एकता खारेज भएपछि दुवै दल अलग अलग क्रियाशील भएका छन् । एमालेको सात लाखभन्दा बढी पूर्णकालीन सदस्य भएको बताइन्छ । त्यसआधारमा कांग्रेसको क्रियाशील सदस्य संख्या धेरै हो ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend