आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

भित्रभित्रै यस्तो सहमति गरेर ओलीसँग नजिकिँदै माधव पक्षका यी ‘पाँच भाइ’

भित्रभित्रै यस्तो सहमति गरेर ओलीसँग नजिकिँदै माधव पक्षका यी ‘पाँच भाइ’

  • मिडिया डबली
  • सोमवार, जेठ ३१ २०७८

  • 7.7K
    SHARES

  • भित्रभित्रै यस्तो सहमति गरेर ओलीसँग नजिकिँदै माधव पक्षका यी ‘पाँच भाइ’

    काठमाडौं – नेकपा एमालेबाट निष्कासित नेता माधवकुमार नेपाललाई पार्टीमै फर्काउनेबारे छलफल भइरहेपनि अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसँग सन्तोषजनक छलफल हुन सकेको छैन ।

    बरु नेता नेपाल विपक्षी गठबन्धनमा सहभागी भएर नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग दिनदिनै छलफल र भेटवार्ता गरिरहेका छन् ।

    यस्तो बेला माधवकुमार नेपाल पक्षकै नेताहरू सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, गोकर्ण विष्ट, योगेश भट्टराई र भीम आचार्य भने ओलीसँग सहमति गर्न नजिकिँदै छन् । यी पाँच नेतासँग ओलीको तर्फबाट महासचिव ईश्वर पोखरेल, विष्णुप्रसाद पौडेल, प्रदीप ज्ञवाली, सुवास नेम्वाङ लगायतले छलफल गरिरहेका छन् ।

    ओली र माधव पक्षका दोस्रो तहका नेताहरू केही हप्तायता छुट्टाछुट्टै र सामूहिक छलफल गरिरहेका छन् । बालुवाटारमा एमाले विवाद मिलाउन र फुटलाई रोक्ने विषयमा दिनदिनै छलफल हुने र रणनीति बनाउने काम भइरहेको स्रोतले जनाएको छ ।

    अध्यक्ष ओलीले सम्भव भए नेता नेपाललाई समेत फकाउने र सम्भव नभए दोस्रो तहका नेताहरूलाई आफ्नो पक्षमा पार्ने रणनीति लिएका छन् । ओलीको सोही रणनीति अनुसार सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, गोकर्ण विष्ट, योगेश भट्टराई र भीम आचार्य ओली पक्षका नेताहरूसँग नजिकिएका छन् ।

    यी पाँच नेताले २०७५ जेठ २ गतेको अवस्थामा पार्टीलाई पुर्‍याउने र संयुक्त बैठक आह्वान गर्न सहमति गर्ने कोसिस गरिरहेका छन् । दोस्रो तहका बहुसंख्या नेताहरू आफ्नो पक्षमा आउने अवस्थामा ओलीले समेत लचकता अपनाउने स्रोतले जनाएको छ । नेता नेपाल, झलनाथ खनाल, भीम रावल लगायत नेताहरू पार्टीमा नआएपनि दोस्रो तहका नेता फकाउने रणनीति ओलीले लिएका जनाइएको छ ।

    ओली पक्षले नेता बामदेव गौतमलाई भने फकाउन खोजेको छ । गौतमलाई भेट्न ओली सरकारका उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल गौतम निवास भैसेपाटी नै पुगेका थिए ।

    अध्यक्ष ओलीले बनाएको १० औं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीलाई सर्वोच्च अदालतले मान्यता नदिएर कर्णाली प्रदेशमा कारवाही गरिएका एमालेका ४ सांसदलाई पुनर्बहाली गरेपछि यतिबेला ओली दबाबमा छन् । कर्णालीमा ‘फ्लोर क्रस’ गर्ने ४ सांसदलाई एमालेको नवौं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीले मात्रै कारवाही गर्नसक्ने अन्तरिम आदेश सर्वाेच्च अदालतले दिएको छ ।

    दोस्रो तहका नेताबीच छलफल भइरहेको पनि ओली र नेपालबीच सौहार्द सम्बन्ध छैन । ओलीले एकताका लागि सार्वजनिक रूपमै ६ बुँदे लिखित प्रस्ताव राखेपछि नेता नेपालले ६ बुँदे जवाफ फर्काए तर त्यसपछि केही छलफल, वार्ता हुन सकेको छैन ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend