काठमाडौं – नेकपा एमालेबाट निष्कासित नेता माधवकुमार नेपाल निवास कोटेश्वरमा बसेको विपक्षी गठबन्धनका नेताहरूको बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीलाई धक्का पुग्ने निर्णय गरेको छ ।
कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को बैठकले प्रधानमन्त्री ओलीका असंवैधानिक कदमविरुद्ध सशक्त ढंगले अगाडि बढ्ने निर्णय गरेको हो ।
नेताहरूबीच विपक्षी गठबन्धनलाई झन् बलियो बनाउने सहमति समेत भएको छ ।
विपक्षी नेताहरूको बैठकले ओलीका असंवैधानिक कदमविरुद्ध प्रतिवाद गर्ने निर्णय गरेको छ । बैठकमा कांग्रेस महामन्त्री पूर्णबहादुर खड्का समेत सहभागी रहेका थिए ।
यसअघि विपक्षी गठबन्धनका नेताको बैठक कांग्रेस सभापति देउवाको निवास बुढानिलकण्ठमा बस्ने गरेको भएपनि सोमबार नेता नेपालको निवासमा बसेको हो । सभापति देउवालाई संविधानको धारा ७६(५) अनुसारको प्रधानमन्त्री बनाउन प्रचण्ड, नेपाल, उपेन्द्र यादव पक्षका सांसदले हस्ताक्षर गरेका छन् । सांसदको हस्ताक्षर सहितको मुद्दा सर्वाेच्च अदालतमा विचाराधीन रहेको छ ।
यसअघि शनिवार देउवा, प्रचण्ड, नेपाल लगायत ५ जना पूर्व प्रधानमन्त्रीले संयुक्त विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री ओलीका असंवैधानिक कामको विरोध गरेका थिए ।
प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा विचाराधीन मुद्दाको टुंगो लागेपछि थप रणनीतिसहित अघि बढ्ने नेताहरूबीच सहमति भएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।