काठमाडौं – नेपाली कांग्रेसको संगठन विभागले पार्टीको १४ औं महाधिवेशन भदौमा हुने दोहोर्याएको छ ।
कांग्रेस संगठन विभाग प्रमुख गोपालमान श्रेष्ठले सोमवार प्रेस विज्ञप्ति जारी गर्दै भदौ १६–१९ गतेसम्म महाधिवेशन प्रस्ताव भएको र त्यति नै बेला महाधिवेशन हुने जनाएका छन् ।
महाधिवेशनको मितिबारे छलफल गर्न नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बिहीबार बोलाइएको छ ।
भदौभित्रै महाधिवेशन गर्नुपर्ने बाध्यता रहेकाले महाधिवेशन तयारीमा लाग्न समेत संगठन विभाग प्रमुख श्रेष्ठले सबैमा आग्रह गरेका छन् ।
विज्ञप्तिमा उल्लेख छ, ‘कांग्रेसको १४ औं महाधिवेशन भदौ मसान्तसम्म गर्नुपर्ने संवैधानिक बाध्यता समेतलाई ध्यानमा राख्दै पार्टी पदाधिकारी बैठकको निर्णयअनुसार यही भदौ १६–१९ गतेसम्म पार्टीको महाधिवेशन गर्ने प्रस्ताव बमोजित स्वास्थ्यका सबै मापदण्ड अपनाई तोकिएको समय सीमाभित्र स्थानीय, प्रदेश र केन्द्रको अधिवेशन गर्न पार्टीका सम्पूर्ण तह र तप्काका साथीहरू, भातृ र शुभेच्छुक संस्था तथा विदेशस्थित जनसम्पर्क समितिका साथीहरूलाई हार्दिक आह्वान गर्दछु ।’


मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।