आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images
राजनीतिक बिशेष

ओलीपछि महेश बस्नेतले दिए चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष गिरीलाई कारबाहीको धम्की

ओलीपछि महेश बस्नेतले दिए चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष गिरीलाई कारबाहीको धम्की

  • मिडिया डबली
  • सोमवार, जेठ ३१ २०७८

  • 8.5K
    SHARES

  • ओलीपछि महेश बस्नेतले दिए चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष गिरीलाई कारबाहीको धम्की
    फाइल तस्वीर

    काठमाडौं - प्रधानमन्त्री केपी ओली र शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठले चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष डा. श्रीकृष्ण गिरीलाई बी एन्ड सी मेडिकल कलेजलाई एमबीबीएस अध्ययनका लागि सम्बन्धन दिन धम्की दिएको खबर सार्वजनिक भएको भोलिपल्टै एमाले नेता महेश बस्नेत पनि त्यही लाइनमा उभिएका छन् ।

    बस्नेतले सोमबार बिहान सामाजिक सञ्जाल फेसबुकमा लामो स्टाटस लेख्दै गिरीलाई माओवादी कार्यकर्ता र भ्रष्टाचारीको संज्ञा दिँदै कारबाहीको चेतावनी दिएका हुन् । र, उनलाई सम्झाउन पूर्ववाईसीएलको एउटा सामान्य कार्यकर्ता नै काफी रहेको भन्दै घुमाउरो भाषामा चेतावनी दिएका छन् ।

    बस्नेतले गिरीमाथि प्रधानमन्त्रीको रवैयाविरुद्ध विज्ञप्ति जारी गर्ने नागरिक अभियानलाई डलरे नागरिक समाज भन्दै टिप्पणी गरेका छन् ।

    यस्तो छ महेश बस्नेतले लेखेको स्टाटस

    चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष डा. श्रीकृष्ण गिरी माओबादी केन्द्रका उग्रकार्यकर्ता हुन् भन्ने कुरा घाम जत्तिकै छर्लङ्ग छ ।

    शिक्षामन्त्री गिरिराजमणि पोख्रेल छँदा नियुक्ति लिएका यिनका बिगतका अनेक हर्कत र भ्रष्टाचार काण्डमा तिनै पूर्वमन्त्री र माओबादीका ठूला नेताहरुको संलग्नता खुल्लमखुल्ला देखिएकै छ । नेपालको चिकित्सा क्षेत्रमा ठूलो राजनीति घुसेको छ।

    नेपालका डाक्टरहरु र मेडिकल ब्यवसायीहरुलाई बस्न टिक्न नदिने, ब्यवसाय गर्न नदिने । एमबीबीएस पढन चाहने विद्यार्थीहरुलाई आफ्नै देशमा पढ्ने वातावरण बन्न नदिने ।

    वार्षिक १५ अर्बभन्दा बढी रकम बिदेश पठाउने र कमिसन खाएर ढाडिएका बिरालाहरु नेपाली ब्यबसायीले सञ्चालन गरेको मेडिकल कलेजहरुलाई सम्बन्धन दिनु हुँदैन भनेर स्याल हुइयाँ गर्दैछ्न् ।

    आज एकाएक कथित गिरीलाई प्रधानमन्त्री ज्युले धम्काउनु भयो भनेर केही डलरे नागरिक समाज जो पाएसम्म प्रधानमन्त्रीको आचीसम्म बाँकी राख्दैनन् उनीहरुले नै खोक्न थालेछन् र रोइलो गर्दैछन् ।

    कृपया याद रहोस्, त्यो भ्रष्टलाई सम्झाउन बिधि र कानून पर्याप्त छ । फेरि पनि सम्झाउन परे पनि तीनले दुःख दिएका पूर्ववाइसीएलको एउटा सामान्य कार्यकर्ता नै काफी छ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend