काठमाडौं – नेकपा एमालेबाट कारवाही गरेका कर्णाली प्रदेशका ४ सांसदलाई पुनर्बहाली गर्दै सर्वाेच्च अदालत महाधिवेशन आयोजक कमिटीलाई मान्यता नदिएपछि आपतमा परेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना दूतलाई नेता बामदेव गौतमको घर पठाएका छन् ।
कर्णाली प्रदेश र सुदूरपश्चिमको सत्ताबाट ओली गुट बाहिरिनुपरेको, गण्डकी प्रदेशमा मुख्यमन्त्री नै गुमाउनुपरेको अवस्थाका कारण संकटमा परेका ओली यतिबेला पार्टीलाई मिलाउने योजनामा अगाडि बढेका छन् । तर नेता माधवकुमार नेपाल पक्षले कडा शर्त राखेपछि ओली झन् संकटमा परेका छन् ।
यस्तो बेला नेता बामदेव गौतमलाई नै फकाउन सकेपनि हुन्थ्यो भन्ने मनसाय साथ ओलीले सरकारका उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेललाई भैसेपाटीस्थित गौतम निवास पठाएका छन् ।
मन्त्री पौडेल यसअघिदेखि नै एमाले विवाद मिलाउन र फुट टार्न सक्रिय हुँदै आएका छन् । नेता नेपाल र झलनाथ खनाल सहितको स्थायी कमिटी बैठक बोलाउने तयारी ओलीले गरिएका बेला गौतमलाई भेट्न पौडेल निवासमै पुगेका छन् ।
यसअघि नेता गौतमले नेपाल समूहले नयाँ पार्टी खोलेमा साथ रहने बताइसकेका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।