आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

माधव नेपालसामु केपी ओली लत्रक्कै, जसरी पनि फकाउने यस्तो तयारी

माधव नेपालसामु केपी ओली लत्रक्कै, जसरी पनि फकाउने यस्तो तयारी

  • मिडिया डबली
  • सोमवार, जेठ ३१ २०७८

  • 6.2K
    SHARES

  • माधव नेपालसामु केपी ओली लत्रक्कै, जसरी पनि फकाउने यस्तो तयारी

    काठमाडौं – नेकपा एमाले पार्टीभित्र नेता माधवकुमार नेपाल पक्षलाई पेल्दै आएका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली अब लत्रक्कै झुक्ने अवस्थामा पुगेका छन् ।

    संघ र प्रदेश सरकारबाट बाहिरिनुपर्ने अवस्था आउनु र पार्टीको भविष्य नै संकटमा पर्ने देखेपछि ओली झुकेरै भएपनि नेता नेपाललाई फकाउने मनस्थितिमा पुगेका छन् ।

    यसअघि २०७५ जेठ २ गतेको अवस्थामा फर्किन नसकिने अडानमा रहेका ओली अब पुरानै अवस्थामा फर्किन तयार भएका छन् । तर यसका लागि ओलीले हालसम्म गरेका सबै कारवाही फिर्ता गर्नुपर्ने नेपाल पक्षको शर्त रहेको छ । नेपाल पक्ष आक्रामक रूपमा अगाडि बढिरहेकाले ओलीलाई धक्का लागेको छ ।

    ओली पक्षले कारवाही गरेका कर्णाली प्रदेश सभाका ४ जना सांसदलाई सर्वाेच्च अदालतले अन्तरिम आदेशबाट पुनर्बहाली गरिदिएपछि ओली झन् दबाबमा परेका छन् । ओलीले घोषणा गरेको महाधिवेशन आयोजक कमिटीलाई सर्वाेच्च अदालतले मान्यता नदिएपछि ओलीलाई धक्का लागेको छ भने माधव नेपालले उठाउँदै आएको माग अदालतबाट पूरा भएको छ ।

    यस्तो बेला ओलीले अब नेता नेपाललाई फकाएर संयुक्त स्थायी कमिटी बैठक गर्ने तयारी गरेका छन् । एमाले प्रवक्ता प्रदीपकुमार ज्ञवालीले माधव नेपाल पक्ष सहितको बैठक बोलाउन गृहकार्य भइरहेको जानकारी दिए ।

    प्रवक्ता ज्ञवालीले भने, ‘हामी गृहकार्यमै छौं, सकभर असार २ गते बैठक बोलाउन सकिन्छ कि भन्ने प्रयास हो । बैठक कस्तो हुने र त्यसमा को कसरी सहभागी हुने भन्नेबारे मोडालिटीमा छलफल हुँदैछ । त्यसपछि सबै स्थायी कमिटी सदस्यहरूलाई खबर गरिने छ ।’

    प्रवक्ता ज्ञवालीले अध्यक्ष ओलीले पार्टी एकताका लागि गरेको ६ बुँदे आह्वानका आधारमा बैठक बोलाउन लागिएको बताएका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend