आइतवार, आश्विन २५ २०८३Oct 11 2026

Logo
images images

काठमाडौंमा निषेधाज्ञा फेरि थप्ने निर्णय, यी क्षेत्र खुल्ने

काठमाडौंमा निषेधाज्ञा फेरि थप्ने निर्णय, यी क्षेत्र खुल्ने

  • मिडिया डबली
  • आइतवार, जेठ ३० २०७८

  • 5.3K
    SHARES

  • काठमाडौंमा निषेधाज्ञा फेरि थप्ने निर्णय, यी क्षेत्र खुल्ने

    काठमाडौं – राजधानी काठमाडौं उपत्यकामा निषेधाज्ञा १ हप्ता थप्ने निर्णय भएको छ ।

    आज आईतवार काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारी (सीडीओ) हरुको संयुक्त बैठकले उपत्यकामा १ हप्ता निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको हो ।

    विगतको निषेधाज्ञाभन्दा केही खुकुलो बनाउने निर्णय भएको भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले बताए । उनका अनुसार अब खाद्यान्न, तरकारी किराना पसल, फलफूल र पुस्तक पसल बिहान ११ बजेसम्म खोल्न पाइने भएको छ ।

    विकास निर्माणका काममा आवश्यक पर्ने पसललाई साँझ ४ बजेदेखि खोल्न पाइने निर्णय भएको छ । ‘विगतमा खाद्यान्न, किराना, तरकारी पसल, फलफूल पसललाई बिहान ९ बजेसम्म मात्र खोल्न दिइने निर्णय भएको थियो, अब ११ बजेसम्म खोल्न दिइनेछ,’ उनले भने, ‘अब पुस्तक पसल पनि खोल्न पाइने भएको छ ।’  

    होटलमा ‘टेकअवे’ सेवालाई निरन्तरता दिने निर्णय गरिएको भट्टराईले जानकारी दिए । अनलाइन डेलिभरीका लागि होटललाई बिहान ७ बजेदेखि काम गर्न दिइने भएको छ ।

    बैंक तथा वित्तीय संस्थाका लागि समेत केही खुकुलो बनाइएको जनाइएको छ । पहिले जिल्लामा २ वटा बैंकका शाखा सञ्चालन गर्न दिइएकोमा अब खुकुलो बनाइएको छ ।
     

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, भाद्र २१ २०७७०३:११:५२
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend