आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images
राजनीतिक विशेष

डेन्जर जोनमा शंकर पोखरेल र शेरधन राई, ओलीलाई झड्का दिँदै विपक्षी गठबन्धनले झण्डा गाड्ने !

डेन्जर जोनमा शंकर पोखरेल र शेरधन राई, ओलीलाई झड्का दिँदै विपक्षी गठबन्धनले झण्डा गाड्ने !

  • मिडिया डबली
  • आइतवार, जेठ ३० २०७८

  • 14.1K
    SHARES

  • डेन्जर जोनमा शंकर पोखरेल र शेरधन राई, ओलीलाई झड्का दिँदै विपक्षी गठबन्धनले झण्डा गाड्ने !

    काठमाडौं - कर्णाली र सुदूरपश्चिममा माओवादी केन्द्रका मुख्यमन्त्रीहरुको विश्वासको मत लिएर पद सुरक्षित गरेलगत्तै विपक्षी गठबन्धन प्रदेशहरुमा आक्रामक रुपमा उत्रिएका छन् ।

    विपक्षी गठबन्धनले एमालेबाट गण्डकी प्रदेशको सरकारको नेतृत्व खोसेको छ । नेपाली कांग्रेसका कृष्णचन्द्र नेपाली गण्डकी प्रदेशको मुख्यमन्त्री बनेका छन् ।

    प्रधानमन्त्री केपी ओलीविरुद्ध एकजुट भएका विपक्षी गठबन्धनले आफूपक्षीय मुख्यमन्त्री पद सुरक्षित गरेलगत्तै आक्रामक रणनीति कार्यान्वयनमा ल्याएका हुन् । अब लुम्बिनी र प्रदेश १ मा सरकार ढाल्ने मनस्थितिमा विपक्षी गठबन्धन पुगेका छन् ।

    खासगरी लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेललाई पदमा टिकिरहन दिन नहुने कांग्रेस, माओवादी केन्द्रका नेताहरूको भनाइ छ । प्रदेशको विकासभन्दा ओलीको कुर्सी कसरी जोगाउनेमा दिनरात लागेकाले पोखरेललाई अहिले नै बिदाइ गरिहाल्नुपर्ने निचोडमा विपक्षी गठबन्धन पुगेको हो ।

    सोही कारण तत्काललाई लुम्बिनीमा माओवादी केन्द्र र प्रदेश १ मा एमालेको माधव नेपाल पक्षलाई मुख्यमन्त्री दिएर अविश्वासको प्रस्ताव ल्याउने गृहकार्य सुरु भएको स्रोतले बतायो । एमालेमा ओली पक्षका मुख्यमन्त्री रहेको प्रदेश १, बागमती प्रदेश र लुम्बिनी प्रदेश सरकार धरापमा छ ।

    लुम्बिनीमा पोखरेल र प्रदेश १ मा शेरधन राईलाई हटाएपछि मात्रै बागमती प्रदेशमा सरकार परिवर्तनको खेल सुरु हुने बुझिएको छ । उच्च स्रोतका अनुसार बागमती प्रदेशका डोरमणि पौडेललाई हटाएर कांग्रेसबाट मुख्यमन्त्री बनाउने गरी विपक्षी गठबन्धनले गृहकार्य थालेका छन् ।

    यद्यपि अहिले बागमती प्रदेशमा एमालेमा एकढिक्का देखिएको छ । सरकारको नीति तथा कार्यक्रम पास गर्ने तर बजेट भने फेल गराएर पौडेल नेतृत्वको सरकार ढालिने भएको छ । प्रदेश २ मा भने जसपाको उपेन्द्र यादव पक्षको नेतृत्वमा सरकार कायमै रहनेछ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend