आइतवार, आश्विन २५ २०८३Oct 11 2026

Logo
images images

कांग्रेसका मुख्यमन्त्री नेपालीले गरे शपथ ग्रहण, पार्टी सभापतिका छोरा यसरी बने मुख्यमन्त्री

कांग्रेसका मुख्यमन्त्री नेपालीले गरे शपथ ग्रहण, पार्टी सभापतिका छोरा यसरी बने मुख्यमन्त्री

  • मिडिया डबली
  • शनिवार, जेठ २९ २०७८

  • 14.6K
    SHARES

  • कांग्रेसका मुख्यमन्त्री नेपालीले गरे शपथ ग्रहण, पार्टी सभापतिका छोरा यसरी बने मुख्यमन्त्री

    काठमाडौं – गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नवनियुक्त नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेलले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।

    नेपालको संविधानको धारा १६८(५) अनुसार मुख्यमन्त्री नियुक्त पोखरेलले शुक्रवार प्रदेश प्रमुख सीताकुमारी पौडेलसमक्ष शपथ लिएका हुन् ।

    मुख्यमन्त्री बन्ने लगातारको प्रयास तेस्रोपटक सफल भएको थियो । यसअघि कांग्रेस, माओवादी र जसपाले मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध अविश्वास प्रस्ताव ल्याएपनि गुरुङले राजीनामा दिएर मतदान हुन दिएका थिएनन् ।

    तत्कालीन मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले राजीनामा दिएपछि विपक्षीले संविधानको धारा १६८(३) अनुसार सरकार बनाउने मौका पाएपनि स्पष्ट बहुमत पुर्‍याउन नसक्दा प्रयास असफल भएको थियो ।

    जेठ २७ गते गुरुङले प्रदेशसभामा विश्वासको मत लिन नसकेपछि नयाँ मुख्यमन्त्री छान्ने प्रक्रिया सुरू हुँदा स्वतन्त्र सांसद दिपक मनाङेको समर्थनमा कांग्रेसको सरकार बन्न सम्भव भएको हो ।

    नेता पोखरेललाई मुख्यमन्त्री बनाउन नेपाली कांग्रेसका १५, माओवादी केन्द्रका ११, राष्ट्रिय जनमोर्चाका २, जनता समाजवादी पार्टीका २ र स्वतन्त्र सांसद १ गरी ३१ जनाको समर्थन रहेको छ ।

    पार्टी सभापतिका छोरा यसरी बने मुख्यमन्त्री –

    गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त कृष्णचन्द्र नेपाली पोखरेल २०७४ सालको प्रदेश सभाको निर्वाचनमा नवलपरासी पूर्व जिल्लाको प्रदेशसभा क्षेत्र १(१) बाट निर्वाचित भएका हुन् । प्रदेशमा नेपाली कांग्रेसको संसदीय दलका नेता बनेका उनी नेपाली कांग्रेसका पूर्व केन्द्रीय सदस्य समेत हुन् ।

    २००५ जेठ ५ गते तनहुँको राम्चे अर्थात् हाल ब्यास–११ मा बाबु गोवद्र्धन शर्मा र आमा द्रौपदा शर्माबाट जन्मिएका पोखरेलको घरमै राजनीतिक पृष्ठभूमि रहेको थियो । पोखरेलका बुवा प्रजातन्त्रका सेनानी गोवद्र्धन शर्मा नेपाली कांग्रेसका केन्द्रीय सदस्य र तनहुँ जिल्ला सभापति रहेका थिए ।

    कांग्रेसको १२ औं महाधिवेशनमा लुम्बिनी अञ्चलबाट केन्द्रीय समितिमा निर्वाचित कृष्णचन्द्र नेपाली पोखरेल त्यसअघि २०४८ देखि २०६७ सम्म ४ पटक कांग्रेस नवलपरासीको सभापतिमा रहेका थिए ।

    विगत ४ दशकदेखि सक्रिय राजनीतिमा क्रियाशील नेपालीले प्रजातन्त्र पुनर्स्थापनाको लागि भएका आन्दोलनको क्रममा पटक–पटक गरी ३ वर्षभन्दा बढी जेल जीवन बिताएको इतिहास छ ।

    २०२२ देखि २०२८ सालसम्म पोखरेलले पिता स्व. गोवद्र्धन शर्माका साथमा भारतमा निर्वासित जीवन बिताएका थिए । राजनीतिक जीवन सँगसँगै पोखरेलले लामो समय काभ्रे फलानटे, तनहुँ दमौली र तनहुँ थर्पुका हाइस्कूलमा राजनीतिशास्त्र, भूगोल, इतिहास विषयको अध्यापन गराएका थिए । पोखरेलले विभिन्न विद्यालयमा प्रधानाध्यापकको भूमिकामा समेत काम गरेका थिए । 

    २०३६ सालको जनमत संग्रहमा बहुदलको प्रचारमा सक्रिय भएर नेपाली कांग्रेसलाई विजयी गराएको आरोपमा तत्कालीन मन्त्रिपरिषद्को निर्णयले पोखरेललाई जुम्लाको शिक्षकमा सरुवा गर्ने निर्णय गरेको थियो । २०३६ सालताका पञ्चायती दमन र शारीरिक यातनापछि बाध्य भएर पोखरेलले अन्तिममा शिक्षण पेशा छाड्नुपरेको थियो ।

    वकालत पेशामा रहेर नेपाल बार एसोसिएसनको सदस्य समेत रहेका पोखरेलले प्रखर अधिवक्ताको रुपमा समेत गण्डकीमा परिचय बनाएका छन् । जनपक्षीय कानूनी सेवामा समर्पित पोखरेलको सिंगो प्रयासबाट धेरै प्रजातन्त्रवादी राजबन्दीहरु तनहुँ र नवलपरासीका जेलबाट छुटेका थिए ।

    राजनीतिक कारणले आफैं शारीरिक यातनाबाट गुज्रिएका पोखरेल एमनेस्टी इन्टरनेसनल नवलपरासीको संस्थापक अध्यक्ष समेत रहेका छन् ।

    भारतको दरभंगाबाट बीए उत्तीर्ण उनी त्रिभुवन विश्वविद्यालयबाट बीएड र बीएल समेत पूरा गरेका छन् । 

    यस्ता छन् पोखरेलको जीवनका प्रमुख घटनाक्रमहरू –

    २०२२ देखि २०२८ – पिता गोवद्र्धन शर्मासँग भारतमा निर्वासित जीवन

    २०२९ देखि २०३६ – काभ्रे फलानटे, तनहुँ दमौली र तनहुँ थर्पुका हाइस्कूलहरूमा अध्यापन

    २०३५ – विद्यार्थी आन्दोलनमा सक्रिय नेतृत्व

    २०३६ – जनमतसंग्रहमा सक्रिय नेतृत्व (तनहुँमा नेपाली कांग्रेस विजयी)

    २०३७ – निर्वाचन बहिष्कारका क्रममा जेल चलान

    २०४६ – प्रथम जनआन्दोलनका क्रममा जेल चलान

    २०४८ – सत्याग्रहका क्रममा जेल चलान

    २०४८ – निर्वाचनमा नेपाली कांग्रेस तर्फबाट नवलपरासी–४ बाट उम्मेदवार

    २०४८–२०६७ – नेपाली कांग्रेस नवलपरासीको सभापति

    २०६२/६३ – दोस्रो जनआन्दोलनका क्रममा जेल चलान

    २०६७ – नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिमा निर्वाचित

    २०७० – संविधानसभा निर्वाचनमा नवलपरासी क्षेत्र ३ मा प्रत्यक्ष तर्फका लागि नेपाली कांग्रेसका उम्मेदवार भएपनि झिनो मतान्तरले हार

    २०७४ – प्रदेशसभा निर्वाचनमा गण्डकी प्रदेश नवलपरासी पूर्व १(१) मा निर्वाचित

    २०७५ – गण्डकी प्रदेशमा नेपाली कांग्रेस संसदीय दलका नेतामा सर्वसम्मतले निर्वाचित

    २०७८ – गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend