काठमाडौं – गण्डकी प्रदेशको मुख्यमन्त्रीमा कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेललाई नियुक्त भएका छन् ।
प्रदेश प्रमुख सिताकुमारी पौडेलले नेपालीलाई शनिबार मुख्यमन्त्री नियुक्त गरेकी हुन् ।
नेपालीले नयाँ मुख्यमन्त्रीमा नियुक्त हुन प्रदेश प्रमुख पौडेलबाट दिइएको समयावधिभित्रै संविधानको धारा १६८(५) बमोजिम प्रदेश सभाका बहुमत ३१ सांसदको हस्ताक्षरसहित दाबी पेश गरेका थिए ।
नेपालीले नेपालमा कांग्रेसबाट पहिलो मुख्यमन्त्री बन्ने इतिहास बनाएका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।