आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

डा. बाबुराम भट्टराईको टिप्पणी : ओली भाइरस पोखरासम्मै सल्केको देखियो !

डा. बाबुराम भट्टराईको टिप्पणी : ओली भाइरस पोखरासम्मै सल्केको देखियो !

  • मिडिया डबली
  • शनिवार, जेठ २९ २०७८

  • 5.5K
    SHARES

  • डा. बाबुराम भट्टराईको टिप्पणी : ओली भाइरस पोखरासम्मै सल्केको देखियो !

    काठमाडौं – जनता समाजवादी पार्टी (जसपा) नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले पोखरामा पनि ओली भाइरस सल्केको आरोप लगाएका छन् ।

    गण्डकी प्रदेशमा पृथ्वीसुब्बा गुरुङले पुनः मुख्यमन्त्रीको दाबी गरेपछि भट्टराईले सामाजिक सञ्जालमार्फत कडा टिप्पणी गरेका हुन् ।

    ओली भाइरसको महामारीले देशको संविधान र लोकतन्त्रलाई सिध्याउने भयो भन्दै डा. भट्टराईले त्यसको प्रतिवादमा एकजुट हुन अपिल गरेका छन् ।

    डा. भट्टराईले ट्विटरमा लेखेका छन्, ‘ओली भाइरस पोखरामा पनि सल्केको देखियो है ! यो महामारीले देशको संविधान र लोकतन्त्रलाई सिध्याउने भयो । अब कोही पनि ओली भाइरसबारे कुनै भ्रममा नपरौं । सबैले सबैतिरबाट सशक्त प्रतिवाद गरौं । ओली भाइरसलाई सदाको निम्ति अन्त्य गरौं ! संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा गरौं !’ 

    गण्डकी प्रदेशमा नयाँ मुख्यमन्त्रीमा दाबी पेश गर्ने समय सकिएको छ । मुख्यमन्त्रीमा पृथ्वीसुब्बा गुरुङले समेत दाबी पेश गरेपछि विपक्षी गठबन्धन प्रदेश प्रमुखको निवास अगाडि धर्ना दिइरहेका छन् ।

    नयाँ मुख्यमन्त्रीमा गुरुङले गरेको दाबी असंवैधानिक र अलोकतान्त्रिक हर्कत भएको भन्दै विपक्षी गठबन्धनका सबै बहुमत ३१ जना सांसदहरु प्रदेश प्रमुखको निवासमा पुगेका छन् ।

    शुक्रवार प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस सहितका गठबन्धनले सशरीर उपस्थित भएर नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपालीलाई मुख्यमन्त्री नियुक्त गर्न दाबी गर्दै बहुमत ३१ सांसदको हस्ताक्षर बुझाएका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७०२:४८:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend