आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

सर्वाेच्चले नागरिकता अध्यादेश रोक्यो, अब समस्या भयावह हुन्छ : महन्थ ठाकुर 

सर्वाेच्चले नागरिकता अध्यादेश रोक्यो, अब समस्या भयावह हुन्छ : महन्थ ठाकुर 

  • मिडिया डबली
  • शुक्रवार, जेठ २८ २०७८

  • 14.0K
    SHARES

  • सर्वाेच्चले नागरिकता अध्यादेश रोक्यो, अब समस्या भयावह हुन्छ : महन्थ ठाकुर 

    काठमाडौं – कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओलीसँग सहमति गरेर सरकारमा सहभागी जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष महन्थ ठाकुरले सर्वाेच्च अदालतले अन्तरिम आदेशबाट नागरिकता सम्बन्धी अध्यादेशलाई रोक्दा नागरिकता सम्बन्धी समस्या भयावह हुने ठोकुवा गरेका छन् ।

    सरकारले नागरिकता सम्बन्धी अध्यादेश जारी गरेपछि त्यसविरुद्ध परेको रिटमा सर्वोच्च अदालतले सुनुवाइ गर्दै तत्काल कार्यान्वयन नगर्नू भनेर अन्तरिम आदेश दिएपछि जसपा अध्यक्ष ठाकुर असन्तुष्ट बनेका छन् ।

    नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री राजकिशोर यादवको सम्मानमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष ठाकुरले अध्यादेश पनि कानून नै भएकाले सर्वोच्च अदालतले रोक्नु गलत भएको तर्क गरे ।

    अध्यक्ष ठाकुरले ३ वर्षदेखि नागरिकता सम्बन्धी विधेयक संसदमा अड्किएको स्मरण गर्दै संसदले नागरिकता सम्बन्धी विषयमा निर्णय गर्न नसकेको बताएका छन् ।

    नागरिकताको अभावमा नागरिकहरू रोजगार, शिक्षा, ब्यापार, व्यवसायका लागि र विदेश जान समस्या भएको भन्दै राज्यको सेवासुविधाबाट वञ्चित हुनुपरेको जानकारी दिए ।

    यसअघि पूर्व माओवादी पृष्ठभूमिका नेता प्रभु साहले नागरिकता विधेयक रोक्ने न्यायाधीशमाथि महाअभियोग लगाउनुपर्ने माग गरेका थिए ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend