आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

महेश बस्नेतको नाम काटेर बादलपत्नीलाई मन्त्री बनाएपछि ओली गुटमा विद्रोह !

महेश बस्नेतको नाम काटेर बादलपत्नीलाई मन्त्री बनाएपछि ओली गुटमा विद्रोह !

  • मिडिया डबली
  • शुक्रवार, जेठ २८ २०७८

  • 9.4K
    SHARES

  • महेश बस्नेतको नाम काटेर बादलपत्नीलाई मन्त्री बनाएपछि ओली गुटमा विद्रोह !

    काठमाडौं - कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओलीले एमालेका युवा नेता महेश बस्नेतको नाम काटेर पूर्व गृहमन्त्री रामबहादुर थापा ‘बादल’की पत्नी नैनकला थापालाई सञ्चार तथा सूचना प्रविधि मन्त्री बनाएपछि ओली गुटभित्रै विद्रोह सुरु भएको छ ।

    ओलीले १९ औं पटक मन्त्रिपरिषद् विस्तार गर्दा नेता बस्नेतले गृहमन्त्री बन्ने अपेक्षा गरेका थिए । तर गृहमन्त्रीमा महेश बस्नेतको नाममा प्रहरी संगठन र कतिपय नेताबाट असहमति हुँदा सञ्चारमन्त्री बन्न पाइनेमा महेश बस्नेत ढुक्क थिए । तर सञ्चारमन्त्रीका एकाएक बादलपत्नी आइन् ।

    ओलीलाई निरन्तर साथ दिँदै आएका बस्नेतको नाम काटेर सञ्चारमन्त्रीमा बादलपत्नीलाई ल्याइएपछि एमालेभित्रै विद्रोही आवाज उठेका छन् ।

    नेता बस्नेतले नै बिहीबार फेसबुक स्टेटसमार्फत असन्तुष्टि व्यक्त गरेको भोलिपल्ट युवा संघका अध्यक्ष किरण पौडेलले समेत असन्तुष्टि जनाएका छन् । अध्यक्ष पौडेलले ओलीविरुद्ध आक्रोशित अभिव्यक्ति दिएका छन् ।

    अध्यक्ष पौडेलले सामाजिक सञ्जालमा लेखेका छन्, राणाकालीन तथा मध्यशाहवंशीय इतिहासका पानामा पढ्ने गरेका षड्यन्त्र, दाउपेचका कथाहरूको झझल्को दिने अनेक हत्कण्डाहरू आज हाम्रै पुस्ताका नेताका विरुद्ध, हाम्रा तमाम युवाका कमाण्डरविरुद्ध भइरहँदा युवा पुस्तामा हामी र हाम्रोविरुद्ध मात्र होइन, सिंगो राजनीतिविरुद्ध वितृष्णा पैदा हुनेछ ।’

    अध्यक्ष पौडेलले यस्ता पात्र र प्रवृत्तिबाट युवा पुस्ताको ऊर्जामा पानी खन्याउने काम भएको गुनासो गरेका छन् । ‘यो परिस्थिति अन्त्य नहुँदासम्म युवा पुस्ताको क्रियाशीलता, इमान्दारिता, योग्यता र क्षमताले कहिल्यै स्थान पाउने छैन । राजनीतिक विकृति विसंगतिका यी विषयहरु पनि अब युवा पुस्ताको गम्भीर चासो र सरोकारको विषयका रुपमा दर्ज हुनेछन्,’ अध्यक्ष पौडेलले लेखेका छन् ।

    तत्कालीन गृहमन्त्री बादल सांसद नभएको भन्दै सर्वाेच्च अदालतले पदमुक्त गरेपछि त्यसको क्षतिपूर्ति स्वरूप पत्नीलाई सञ्चारमन्त्री बनाइएको छ । बादलपत्नीलाई मन्त्री बनाएकोमा सामाजिक सञ्जालमा आलोचना भइरहेको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend