आइतवार, आश्विन २५ २०८३Oct 11 2026

Logo
images images

कांग्रेससँग निहुँ खोज्नेको राजनीति नै यसरी भयो ध्वस्त !

कांग्रेससँग निहुँ खोज्नेको राजनीति नै यसरी भयो ध्वस्त !

  • मिडिया डबली
  • शुक्रवार, जेठ २८ २०७८

  • 5.6K
    SHARES

  • कांग्रेससँग निहुँ खोज्नेको राजनीति नै यसरी भयो ध्वस्त !

    काठमाडौं – नेताहरूले विभिन्न वक्तव्य र भाषणमा नेपाली कांग्रेससँग निहुँ खोज्दा राणा र राजाको शासनको अन्त्य भएको बताउने गर्छन् । गण्डकी प्रदेशमा कांग्रेससँग निहुँ खोज्ने एक सांसदको राजनीति नै ध्वस्त भएको छ ।

    नेपाली कांग्रेस नेतृत्वको गठबन्धनमा सहभागी राष्ट्रिय जनमोर्चा (राजमो) का एक जना सांसद छुट्टै हिँड्न थालेपछि पदमुक्त भएका छन् ।

    राजमोका प्रदेशसभा सदस्य कृष्ण थापा शुक्रबार फेरि पदमुक्त भएका छन् । यसअघि पदमुक्त हुँदा सर्वाेच्च अदालतको अन्तरिम आदेशबाट पुनर्बहाल भएका थिए ।

    बिहीबार गण्डकी प्रदेश सभामा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको राखेको विश्वासको मत लिने प्रस्तावको विपक्षमा मतदान गर्ने ह्वीप राजमोले जारी गरेपनि सांसद थापा मतदानमा सहभागी भएका थिएनन् । यसरी थापाले ह्वीप उल्लंघन गरेपछि उनलाई पदमुक्त गरिएको छ ।

    राजमोले गण्डकीमा नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेललाई मुख्यमन्त्री बनाउने प्रस्तावमा समर्थन गरेको छ । तर सांसद थापाले निहुँ खोज्दै कांग्रेसलाई समर्थन गर्न अस्वीकार गर्दै आएका छन् ।

    ह्वीप उल्लंघन गरेपछि राजमोको केन्द्रीय समिति र प्रदेश संसदीय दलले थापालाई पदमुक्त गर्दै पद रिक्त गरिदिन सभामुख नेत्रनाथ अधिकारीलाई पत्र पठाएका थिए । सभामुख अधिकारीले शुक्रबारको प्रदेशसभा बैठकमा पत्र पढेर सुनाएसँगै सांसद थापा फेरि पदमुक्त भएका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend