आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

सर्वाेच्चबाट केपी ओलीलाई ठूलो झड्का, फ्लोर क्रस गरेपछि बर्खास्त सांसदको पद फर्कियो 

सर्वाेच्चबाट केपी ओलीलाई ठूलो झड्का, फ्लोर क्रस गरेपछि बर्खास्त सांसदको पद फर्कियो 

  • मिडिया डबली
  • बिहिवार, जेठ २७ २०७८

  • 7.7K
    SHARES

  • सर्वाेच्चबाट केपी ओलीलाई ठूलो झड्का, फ्लोर क्रस गरेपछि बर्खास्त सांसदको पद फर्कियो 

    काठमाडौं – नेकपा एमालेले कर्णाली प्रदेशमा फ्लोर क्रस गरेपछि कारवाही गरेका सांसदको पद सर्वाेच्च अदालतले फर्काइदिएको छ ।

    एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले नेता माधवकुमार नेपाल समूहका सांसदलाई धमाधम कारवाही गरिरहेका बेला सर्वाेच्च अदालतले झड्का लगाइदिएको छ ।

    कर्णाली प्रदेशमा समेत एमालेको नेपाल समूहका ४ जनालाई ओली समूहका नेता यामलाल कंडेलले बर्खास्त गरेका थिए । तर अब सर्वाेच्च अदालतले पद फर्काइदिएको छ ।

    सर्वाेच्च अदालतले बिहीबार अन्तरिम आदेश दिँदै कारवाही कार्यान्वयन नगर्न र पदमा यथावत राख्न आदेश दिएको हो । सांसद नन्दसिंह बुढा समेतले दिएको रिट निवेदनमाथि सुनुवाइ गर्दै सर्वाेच्च अदालतले बिहीबार पद यथावत राख्न आदेश दिएको छ ।

    कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिएको भन्दै एमालेले ४ सांसदलाई कारवाही गरेको थियो । सांसदहरू अम्मरबहादुर थापा, प्रकाश ज्वाला, कुर्मराज शाही र नन्दसिंह बुढालाई कारवाही गरेर पदमुक्त गरिएको थियो ।

    पार्टीले स्पष्टीकरण सोध्ने र कारवाहीको निर्णय गर्ने अधिकार केन्द्रीय कमिटीलाई भएको भन्दै केन्द्रीय कमिटीबाट नभएको कारवाहीलाई कार्यान्वयन नगर्न सर्वाेच्चले अन्तरिम आदेश दिएको छ ।

    पढ्नुहोस् पूर्णपाठ –

    s1.jpgs2.jpgs3.jpgs4.jpg

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend