काठमाडौं - प्रधानमन्त्री केपी ओलीले सिन्धुली क्षेत्र १ का सांसद गणेश पहाडीलाई सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी दिएका छन् ।
उनले हालै मात्र गुट चेन्ज गरेका थिए । पहाडी लामो समयसम्म माधवकुमार नेपाल पक्षमा थिए । तर, केही समयअघि कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने गरी गरिएको हस्ताक्षरमा गणेश पहाडीले हस्ताक्षर गरेनन् । त्यही बेला उनी ओली गुटमा लागेका थिए ।
गुट परिवर्तन गर्नेवित्तिकै उनले मन्त्री पद उपहार पाएका छन् । यसअघि ओलीले गुट परिवर्तन गर्ने शेरबहादुर तामाङलाई स्वास्थ्यमन्त्री बनाइसकेका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।