आइतवार, आश्विन २५ २०८३Oct 11 2026

Logo
images images

कर्णालीपछि २ नम्बर प्रदेशमा सत्तारुढ दल बन्यो कांग्रेस, ३ मन्त्रीले लिए शपथ

कर्णालीपछि २ नम्बर प्रदेशमा सत्तारुढ दल बन्यो कांग्रेस, ३ मन्त्रीले लिए शपथ

  • मिडिया डबली
  • बुधवार, जेठ २६ २०७८

  • 5.4K
    SHARES

  • कर्णालीपछि २ नम्बर प्रदेशमा सत्तारुढ दल बन्यो कांग्रेस, ३ मन्त्रीले लिए शपथ

    काठमाडौं – लामो समय प्रतिपक्षी दलको भूमिकामा रहेको नेपाली कांग्रेस जनता समाजवादी पार्टी (जसपा) नेपाल नेतृत्वको २ नम्बर प्रदेश सरकारमा सहभागी भएको छ ।

    जसपासँग २ बुँदे सहमति गरेसँगै सरकारमा सहभागी भएका कांग्रेसका ३ मन्त्रीले बुधबार प्रदेश प्रमुख राजेश झाबाट पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।

    कांग्रेसबाट मन्त्री बन्नेमा रामसरोज यादव, ओमप्रकाश शर्मा र वीरेन्द्र सिंह छन् । यादव भौतिक पूर्वाधार, शर्मा ऊर्जा तथा सिँचाइ र सिंह महिला तथा बालबालिका मन्त्री चयन बनेका छन् ।

    जसपा भित्रको विवादका कारण मुख्यमन्त्री लालबाबु राउतले महन्थ ठाकुर पक्षका १ मन्त्री र ३ राज्यमन्त्रीलाई बर्खास्त गरेपछि कांग्रेससँग सहकार्य गरिएको हो । जसपाले माओवादीलाई समेत सरकारमा सहभागी गराउन खोजे पनि मन्त्रालयमा भागबण्डा नमिलेपछि माओवादीको सत्तारोहण रोकिएको छ ।

    यसअघि कर्णाली प्रदेश सरकारमा कांग्रेस सहभागी भइसकेको छ । कर्णालीमा कांग्रेसले २ मन्त्रालय पाएको छ ।

     

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend