काठमाडौं – नेकपा एमालेभित्र विवाद चर्किएर समाधान नभइरहेका बेला कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शितलनिवास पुगेका छन् ।
एमालेभित्र विवाद चर्किएका बेला सर्वाेच्च अदालतमा प्रतिनिधिसभा विघटन सम्बन्धी मुद्दा विचाराधीन रहेको छ । ओलीले मन्त्रिपरिषद् पुनर्गठनको तयारी समेत गरिरहेको चर्चाबीच राष्ट्रपति भण्डारीसँग भेट गरेका छन् ।
एमाले अध्यक्ष समेत रहेका ओलीले पार्टीको विषयमा समेत राष्ट्रपति भण्डारीसँग परामर्श गर्ने गरेका छन् । तर दुवै उच्च पदाधिकारीबीच भएको भेटवार्ताबारे सर्वसाधारणलाई कुनै जानकारी दिने गरिएको छैन ।
राष्ट्रपति कार्यालय स्रोतका अनुसार बुधबार साँझ ७ः३० बजे प्रधानमन्त्री ओली शितलनिवास पुगेका छन् । केही दिनअघि समेत ओली शितलनिवास पुगेका थिए ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।