काठमाडौं – नेपाली कांग्रेस २ नम्बर प्रदेशको सरकारमा जाने भएको छ ।
जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता तथा प्रदेशका मुख्यमन्त्री लालबाबु राउतसँग सहमति भएपछि कांग्रेस सरकारमा जान लागेको हो ।
कांग्रेसले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, ऊर्जा तथा खानेपानी र महिला, बालबालिका, युवा तथा खेलकुद मन्त्रालय पाउने भएको छ ।
जसपाको उपेन्द्र यादव पक्ष र नेपाली कांग्रेसबीच बुधवार सहमति भएपछि कांग्रेस सरकारमा जान लागेको मन्त्री शैलेन्द्र साहले बताएका छन् ।
नेपाली कांग्रेसबाट संसदीय दलको नेता रामसरोज यादवको नेतृत्वमा ओमप्रकाश शर्मा र वीरेन्द्र सिंह मन्त्री बनेर सरकारमा जाँदैछन् । यादवले भौतिक पूर्वाधार, शर्माले ऊर्जा र सिंहले युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी पाउने भएका छन् ।
नयाँ मन्त्रीको शपथ आजै हुने स्रोतले जानकारी दिएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।