काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट भएको प्रतिनिधिसभा विघटनविरुद्ध सर्वाेच्च अदालतको संवैधानिक इजलासमा भएको सुनुवाइमा केहीबेरमा अन्तरिम आदेशबारे निर्णय आउने भएको छ ।
प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले केहीबेरमा आदेश प्रिन्ट भएर आउने जानकारी इजलासमा दिएका छन् ।
बुधबार रिट निवेदकका तर्फबाट वरिष्ठ अधिवक्ता शम्भु थापा र महादेव यादवले बहस गरेर अन्तरिम आदेश दिन माग गरेका थिए ।
निवेदकका वकिलको मागपछि संवैधानिक इजलासका न्यायाधीशबीच छलफलका लागि भन्दै स्थगित भएको इजलास चिया ब्रेकपछि सुरु भएर स्थगित भएको छ ।
प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले आदेश तयार भइसकेको जानकारी गराउँदै प्रिन्ट लिएर जान आग्रह गरेका छन् ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गरेर प्रतिनिधिसभा विघटन बदर गर्न माग गर्दै सर्वाेच्च अदालतमा रिट दायर गरिएको थियो ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।