आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

निहुँ खोजिरहेका केपी ओलीका वकिल चोलेन्द्र श्रीमानले निर्णय सुनाएपछि चुपचाप !

निहुँ खोजिरहेका केपी ओलीका वकिल चोलेन्द्र श्रीमानले निर्णय सुनाएपछि चुपचाप !

  • मिडिया डबली
  • बुधवार, जेठ २६ २०७८

  • 16.4K
    SHARES

  • निहुँ खोजिरहेका केपी ओलीका वकिल चोलेन्द्र श्रीमानले निर्णय सुनाएपछि चुपचाप !

    काठमाडौं – कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओलीलाई विपक्षी बनाएर दायर गरिएको प्रतिनिधिसभा विघटनको मुद्दामा सरकारी वकिलले विवाद सिर्जना गरिरहेका थिए ।

    न्यायाधीशबारे विवाद गरेर मुद्दाको सुनुवाइ नै हुन ढिलाइ गराइरहेका ओली पक्षका सरकारी वकिलहरू बुधबार प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको निर्णयपछि चुपचाप लागेका छन् ।

    सर्वाेच्च अदालतको संवैधानिक इजलासमा सरकारी वकिलले प्रश्न उठाएका २ न्यायाधीश प्रधानन्यायाधीश जबराको निर्णयपछि नहट्ने भएका छन् ।

    न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र दीपककुमार कार्की नहट्ने निर्णय प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले बुधबारको इजलासको सुरूमा सुनाएका छन् ।

    बुधबार इजलास सुरू हुनेबित्तिकै प्रधानन्यायाधीश जबराले आईतबार गठन भएकै इजलासलाई निरन्तरता दिने जानकारी दिए । यसअघि कार्की र भट्टराईले बस्ने/नबस्नेबारे राय दिने भनिए पनि त्यसअघि नै जबराले २ न्यायाधीशलाई नै निरन्तरता दिने निर्णय गरेका छन् ।

    यससँगै प्रतिनिधिसभा विघटन विरुद्ध कांग्रेस सभापति शेरबहादुर देउवा लगायतको रिट निवेदकको मुद्दामाथि बहस सुरू भएको छ ।

    निवेदकको तर्फबाट बहस गर्ने कानून व्यवसायीलाई आधा घण्टाको समय प्रदान गरिएको छ । सरकारी वकिल भने यतिबेला चुपचाप बहस सुनिरहेका छन् ।

    यसअघि आईतवार बसेको इजलासले मुद्दाहरूलाई हेर्दाहेर्दैमा राखेपनि सोमवार प्रधानन्यायाधीश जबरा अस्वस्थ भएपछि संवैधानिक इजलास बसेन । त्यसअघि आज बुधबार इजलास बसेको छ ।

    आईतवार प्रधानन्यायाधीश जबराले आफूसहित न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खड्का, ईश्वर खतिवडा र डा. आनन्दमोहन भट्टराई सम्मिलित संवैधानिक इजलास गठन गरेका थिए । सरकारी वकिलको विवादका बाबजुद बुधबार त्यही इजलासले निरन्तरता पाएको छ ।

    आईतवारको सुनुवाइमा प्रधानमन्त्री ओलीलाई धारा ७६(५) अनुसार प्रधानमन्त्री बनाउन आदेश माग गर्दै रिट दिएका ४ जनाले संवैधानिक इजलासको रोस्टरमा भएका कुनै पनि न्यायाधीशले मुद्दा हेर्न नमिल्ने निवेदन दिएपछि सुनुवाइ मूल विषयमा प्रवेश गर्न पाएको थिएन ।

    सर्वाेच्च अदालतको संवैधानिक इजलासको रोस्टरमा प्रधानन्यायाधीश राणा, न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की, विश्वम्भर श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, डा. आनन्दमोहन भट्टराई, अनिल सिन्हा, प्रकाशसिंह राउत, सपना प्रधान मल्ल, तेजबहादुर केसी, बमकुमार श्रेष्ठ र टंकबहादुर मोक्तान रहेका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend