काठमाडौं – नेपाली कांग्रेसबाट राष्ट्रियसभा सदस्यमा नवनिर्वाचित सांसद दृगनारायण पाण्डेले पद तथा गोपनीयताको शपथ लिएका छन् ।
सांसद पाण्डेलाई बुधवार राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सिंहदरबारमा आयोजित कार्यक्रमबीच पद तथा गोपनीयताको शपथ गराएका छन् ।
गत जेठ १७ गते भएको निर्वाचनमा पाण्डे लुम्बिनी प्रदेशबाट विजयी भएका थिए । राष्ट्रियसभा सदस्यका लागि लुम्बिनी प्रदेशबाट अन्य समूहअन्तर्गत भएको निर्वाचनमा पाण्डे विजयी भएका थिए ।
पाण्डेलाई नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र लगायतले मतदान गरेका थिए । नेकपा एमालेका उम्मेदवार निर्वाचनमा पराजित भएका थिए ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।