आइतवार, आश्विन २५ २०८३Oct 11 2026

Logo
images images

कांग्रेसका मन्त्रीलाई शपथ खुवाउन मन्त्रिपरिषद्बाट यस्तो निर्णय, मन्त्रालय टुक्राटुक्रा !

कांग्रेसका मन्त्रीलाई शपथ खुवाउन मन्त्रिपरिषद्बाट यस्तो निर्णय, मन्त्रालय टुक्राटुक्रा !

  • मिडिया डबली
  • मंगलवार, जेठ २५ २०७८

  • 5.2K
    SHARES

  • कांग्रेसका मन्त्रीलाई शपथ खुवाउन मन्त्रिपरिषद्बाट यस्तो निर्णय, मन्त्रालय टुक्राटुक्रा !

    काठमाडौं – प्रतिपक्षमा रहेका दल नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रलाई सरकारमा सहभागी गराउन २ नम्बर प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले मन्त्रालयको संख्या बढाएका छन् ।

    आज मंगलवार साँझ बसेको प्रदेश सरकार मन्त्रिपरिषद् बैठकले विभिन्न ६ वटा मन्त्रालयलाई टुक्र्याएर १० वटा मन्त्रालय बनाउने निर्णय गरेको छ ।

    कांग्रेस र माओवादी सहितको सरकार बनाउन मन्त्रालय टुक्र्याउनेबारे यसअघि नै प्रदेश सरकारले अभ्यास गरिरहेको थियो । पूर्व तयारी अनुसार नै मन्त्रालय टुक्र्याइएको प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्रकुमार यादवले जानकारी दिए ।

    मन्त्री यादवले भने, ‘मन्त्रालय फुटाउने हाम्रो योजना पहिलेकै हो । यसअघिको बैठकहरुमा समेत विभिन्न मन्त्रालय फुटाई १०–११ वटा बनाउनेबारे छलफल भएको हो ।’

    भौतिक मन्त्रालय, सामाजिक विकास मन्त्रालय, उद्योग तथा पर्यटन र आर्थिक मामिला तथा कानून मन्त्रालयलाई टुक्र्याएर २–२ वटा मन्त्रालय बनाइएको छ । टुक्र्याइएकामध्ये भौतिकबाट टुक्र्याइएका दुवै मन्त्रालय र अर्को एक रोजाइ अनुसारको मन्त्रालय नेपाली कांग्रेसलाई दिइनेछ भने अर्को एउटा मन्त्रालय माओवादी केन्द्रलाई दिइने भएको छ ।

    मन्त्रिपरिषद्मा बाँकी रहने २ वटा मन्त्रालय राउत आफैंले राख्ने स्रोतले जनाएको छ । मन्त्रालय टुक्र्याइएपछि भोलि बुधवार मन्त्रिपरिषद् पुनर्गठन गरिने मुख्यमन्त्री राउतनिकट स्रोतले जानकारी दियो ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend