आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

एमालेमा केपी ओली पक्षका ७ सांसदलाई कारवाही गरिँदै, यस्तो ‘एक्सन’

एमालेमा केपी ओली पक्षका ७ सांसदलाई कारवाही गरिँदै, यस्तो ‘एक्सन’

  • मिडिया डबली
  • मंगलवार, जेठ २५ २०७८

  • 5.9K
    SHARES

  • एमालेमा केपी ओली पक्षका ७ सांसदलाई कारवाही गरिँदै, यस्तो ‘एक्सन’
    फाइल तस्वीर

    काठमाडौं – नेकपा एमालेभित्र विवाद चर्किरहेको अवस्थामा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले नेता माधवकुमार नेपाल पक्षमाथि कारवाही गरिरहेका बेला अब ओली पक्षमाथि समेत कारवाही हुने भएको छ ।

    नेकपा एमाले सुदूरपश्चिम प्रदेशसभा संसदीय दलले मुख्यमन्त्री त्रिलोचन भट्टको विपक्षमा मतदान गरेका सांसदहरूलाई स्पष्टीकरण सोधेको छ ।

    संसदीय दलले मुख्यमन्त्री भट्टको पक्षमा मतदान गर्ने निर्णय गरेको अवस्थामा विपक्षमा मतदान गरेपछि नेता प्रकाशबहादुर शाहले ओली पक्षीय ६ सांसदलाई २४ घण्टे स्पष्टीकरण सोधेका छन् ।

    नेता शाहले प्रदेशसभा सदस्य पठानसिंह बोहरा, लिलाधार भट्ट, रतन थापा, माया तामाङ बोहरा, ग्याल्बु बोहरा, नेपालु चौधरी र बलदेव रेग्मीलाई स्पष्टीकरण सोधेका हुन् ।

    अध्यक्ष ओली पक्षका यी सांसदले मंगलबार प्रदेश सभामा मुख्यमन्त्री भट्टको विश्वासको मतको विपक्षमा मतदान गरेका थिए । मंगलवार बिहान बसेको संसदीय दलको बैठकले मुख्यमन्त्रीको पक्षमा मतदान गर्ने निर्णय गरेपनि ओली पक्षीय सांसदहरू विपक्षमा उभिएका थिए ।

    स्पष्टीकरण सोधिएको पत्रमा उल्लेख छ, ‘तपाईंले सो निर्देशन (ह्वीप) बमोजिम माननीय मुख्यमन्त्री त्रिलोचन भट्टको पक्षमा मतदान नगरी सुदूरपश्चिम प्रदेश, नेकपा एमाले, प्रदेशसभा संसदीय दलको निर्णय बमोजिम जारी निर्देशन (ह्वीप) को उल्लंघन गर्दै गम्भीर प्रकृतिको अनुशासनहीन कार्य गर्नुभएको छ । तपाईंले नेकपा एमाले, प्रदेशसभा संसदीय दलको विधान २०७८ को दफा २४ को (क), (ग), (घ) र (ङ) को अनुशासनसम्बन्धी व्यवस्थाको उल्लंघन गरी सोही विधानको दफा २६ (४) आकर्षित हुने कार्य गर्नुभएको छ । यसरी तपाईंले नेकपा एमाले, प्रदेशसभा संसदीय दलको निर्देशन (ह्वीप) उल्लंघन गर्ने गम्भीर प्रकृतिको अनुशासनहीन कार्य किन गर्नुभएको हो स्पष्ट खुलाई जेठ २६ गते ५ बजेभित्र नेकपा एमाले, प्रदेशसभा संसदीय दलको कार्यालयमा लिखित स्पष्टीकरण पेश गर्नुहोला । निर्धारित समयभित्र स्पष्टीकरण पेश गर्नुभएन वा चित्तबुझ्दो स्पष्टीकरण दिनुभएन भने तपाईंलाई नेकपा एमाले, प्रदेशसभा संसदीय दलको विधान २०७८ को माथि उल्लेखित व्यवस्था बमोजिम कारवाही हुने जानकारी गराइन्छ ।’

    यसअघि एमाले केन्द्रले मुख्यमन्त्री भट्टलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो । तर प्रदेश संसदीय दलमा नेता माधवकुमार नेपाल पक्षको बहुमत भएका कारण केन्द्रको निर्णय कार्यान्वयन हुन सकेको थिएन ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend