आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

बामदेव गौतमले फाले केपी ओलीका लागि अर्काे अस्त्र !

बामदेव गौतमले फाले केपी ओलीका लागि अर्काे अस्त्र !

  • मिडिया डबली
  • मंगलवार, जेठ २५ २०७८

  • 7.7K
    SHARES

  • बामदेव गौतमले फाले केपी ओलीका लागि अर्काे अस्त्र !

    काठमाडौं – नेकपा एमालेका असन्तुष्ट नेता बामदेव गौतमले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसामु अर्काे अस्त्र फालेका छन् ।

    गौतमले पार्टीलाई जेठ ३ गते पूर्वको अवस्थाबाट अगाडि बढाउने ओलीको प्रस्ताव सकारात्मक रहेको प्रतिक्रिया दिएका छन् ।

    ओलीले वक्तव्यमा आत्मप्रशंसा लगायत कुटिल चातुर्यता र जालझेलको अनुमान गर्न सकिने भाषाशैली प्रयोग गरेकाले उनीमाथि आशंका गर्न सकिने ठाउँहरू रहेका गौतमले जनाएका छन् ।

    एकता राष्ट्रिय अभियानको कार्यसम्पादन समितिको बैठकपछि मंगलबार गौतमले विज्ञप्ति जारी गर्दै एकताको पक्षमा उभिनेहरूलाई आधार मानेर केन्द्रीय कमिटी र स्थायी कमिटीका संरचना गतिशील हुने विषय अनुचित रहेको जनाएका छन् ।

    विज्ञप्तिमा उल्लेख छ, ‘अध्यक्षले वक्तव्यमा आफ्नै प्रशंसा लगायत कुटिल चातुर्यता र जालझेलको अनुमान गर्न सकिने भाषाशैलीको प्रयोगका बाबजुद बुँदा नम्बर १ मा ‘नेकपा एमालेलाई २०७५ जेठ ३ गते पूर्वको अवस्थाबाट अगाडि बढाइने छ’ भनेको विषयलाई बैठकले सकारात्मक रूपमा ग्रहण गरेको छ तर सोही बुँदामा एकताको पक्षमा उभिनु भएका कमरेडहरूलाई आधार मानेर केन्द्रीय कमिटी र स्थायी कमिटीका संरचना गतिशील हुने भन्ने विषय एमाले भित्रको समस्यामा ल्याउनु अनुचित रहेको छ ।’

    उपाध्यक्ष गौतमले छिटोभन्दा छिटो २०७५ जेठ २ गते कायम रहेको पार्टीका २ वरिष्ठ नेता, ४ उपाध्यक्ष, १ महासचिव, २ उपमहासचिव र ५ सचिव सहितको स्थायी कमिटी बैठक बोलाएर पार्टीभित्र उत्पन्न भएका विषयहरूमा छलफल गरी सही मार्गदर्शन गर्न समेत ओलीलाई आह्वान गरेका छन् ।

    यस्तो छ प्रेस विज्ञप्ति –

    नेकपा (एमाले) का अध्यक्ष तथा प्रधानमन्त्री क.केपी ओलीले यही जेठ २३ गते राती जारी गर्नुभएको पार्टी एकता आह्वान सम्बन्धि वक्तव्यका सम्बन्धमा छलफल गर्न हिजो मिति २०७८ जेठ २४ गते अपरान्ह पार्टी एकता राष्ट्रिय अभियानको कार्यसम्पादन समितिका उपलब्ध कमरेडहरुका वीच विद्युतीय माध्यमबाट बैठक बस्यो । उपस्थित सबै कमरेडहरुले अत्यन्त गम्भीरतापूर्वक छलफलमा भाग लिनुभयो । छलफल पछि निकालिएका निश्कर्षहरु सार्वजानिक जानकारीका लागि प्रकासित गरिएको छः– 
     
    १.क.अध्यक्षले वक्तव्यमा आफ्नै प्रंशसा लगाएत कुटिल चातुर्‍यता र जालझेलको अनुमान गर्न सकिने भाषाशैलीको प्रयोगका बावजुद बुँदा न. १ मा “नेकपा(एमाले) लाई २०७५ जेठ ३ गते पूर्वको अवस्थाबाट अगाडि बढाइने छ ।” भनेको विषयलाई बैठकले सकारात्मक रुपमा ग्रहण गरेको छ । तर सोही बुँदामा एकताको पक्षमा उभिनु भएका कमरेडहरुलाई आधार मानेर केन्द्रीय कमिटी र स्थायी कमिटीका संरचना गतिशील हुने भन्ने विषय एमाले भित्रको समस्यामा ल्याउनु अनुचित रहेको छ । त्यसैगरी जनवर्गीय संगठनहरुका संरचनाका सम्बन्धमा मूलभूत रुपमा भन्नुको अर्थ २०७५ जेठ ३ पूर्वको जस्ताको तस्तै अवस्थालाई अस्विकार पनि गर्न सकिन्छ भन्ने हो जस्लाई इमान्दार एकताको प्रयत्न मान्न सकिन्न ।  

    २. बुँदा नं ४ मा २६ जनाले विपक्षि पार्टीको नेतालाई प्रधानमन्त्री बनाउन दिएको हस्ताक्षर फिर्ता लिने विषय उल्लेख गरिएको छ । यो समस्या गत पुष ५ गते अविश्वासको प्रस्ताव लैजाने प्रयत्न र त्यसलाई जवाफ दिन प्रतिनिधिसभाको विघटन पश्चात पक्ष विपक्ष बनेर गरिएका जन पदर्शनहरु, २०७७ फागुन ११ गते प्रतिनिधिसभा पुनस्र्थापना, फागुन २३ गते नेकपा विभाजन र नेकपा (एमाले) को पुनस्र्थापना अनि विश्वासको मत लिन प्रधानमन्त्रीको असफलता तथा उहाँ नै ठूलो पार्टीको नेताको हैसियताले निरन्तर प्रधानमन्त्री साथै २०७८ बैसाख ६ गते संविधानको धारा ७६को उपधारा (३) को प्रधानमन्त्रीद्वारा पुनः प्रतिनिधिसभा विघटन गरी निर्वाचन घोषणा र त्यस पछि प्रतिनिधिसभा विघटन विरुद्ध दर्जनौं रिट निवेदन सर्वोच्चमा पर्नेसम्मका घटनाहरुको सन्दर्भमा नेकपा (एमाले) का २६ जना प्रतिनिधिसभा सदस्यहरुले विपक्षि पार्टीको नेतालाई प्रधानमन्त्री बनाउन दिएको हस्ताक्षर समावेश भएको छ । यो घटना पार्टी अध्यक्ष प्रधानमन्त्री क. केपी ओलीका अनेकौं विवाददित क्रियाकलापहरु र झलनाथ–माधव समूहका क्रियाकलापहरु एक अर्कासंग सम्बन्धित भएर आएका छन् । यसले हाम्रो पार्टी ज्यादै पेचिलो अन्तरपार्टी संघर्षलाई व्यक्त गरेको छ । यी सबैलाई पुनः एकतावद्ध भए पछिको पार्टी कमिटीको बैठकबाट मात्र समाधान गर्न सकिनेछ । पार्टी एकता पछि दुबै पक्षले नेपाली जनताका अगाडि आफ्ना कमिकमजोरी बारे व्यवस्थित आत्मालोचना गरे पछि  वास्तविक समाधान हुने आशा गर्न सकिन्छ । यो समस्या समाधान पछि हामीले संसारभरीका क्रान्तिकारीहरुका निम्ति नयाँ सन्देश दिन पनि सक्नेछौं ।  
     
    ३. तद्नुसार छिटोभन्दा छिटो २०७५ जेठ २ गते कायम रहेको नेकपा(एमाले) को दुई बरिष्ठ नेता, चार उपाध्यक्ष, एक महासचिव, दुई उपमहासचिव र पाँच सचिवसहितको स्थायी कमिटी बैठक बोलाएर पार्टीभित्र उत्पन्न भएका विषयहरुमा छलफल गरी सही मार्गदर्शन गर्न एकता अभियानको यो बैठक पार्टी अध्यक्ष तथा प्रधानमन्त्री क.केपी ओली समक्ष हार्दिक अनुरोध गर्दछ ।  
     
    ४. सर्वोच्च अदालतको संवैधानिक इजलासले विघटित प्रतिनिधिसभा पुनस्र्थापना वा प्रधानमन्त्रीको कदमलाई सदर गरेको अवस्थामा निर्वाचनमा जान परे पनि दुबै अवस्थाका चुनौतिलाई सामना गर्न एकतावद्ध नेकपा (एमाले) तयार छ भन्ने सन्देश दिने गरी छलाङ लगाएर अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गर्नुपर्दछ ।  
    ५. पार्टी एकता राष्ट्रिय अभियानको यो बैठक विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड–१९ बाट संक्रमित भई निधन भएका केन्द्रीय सदस्य क.डम्बर थापा लगायतका अन्य कमरेडहरु तथा यस अवधिमा दिवंगत हुनुभएका सबैमा भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दछ । साथै संक्रमित सबैको शिघ्र स्वास्थ्य लाभको कामना गर्दछ ।  
      
    वामदेव गौतम उपाध्यक्ष  
    नेकपा (एमाले) 
    संयोजक  पार्टी एकता राष्ट्रिय अभियान

    मितिः २०७८/०२/२५ 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend