काठमाडौं – नेपाली कांग्रेस नेता एवं पूर्व अर्थराज्यमन्त्री उदयशमशेर राणा, खेलकुद विभाग सचिव तथा युवा नेता मीनकृष्ण महर्जन र अर्का नेता ऋषिराम घिमिरेको पहलमा युवा समाजसेवी स्थानीय कल्याण सिलवालले ५ लाख रुपैयाँभन्दा बढीको स्वास्थ्य सामग्री गोदावरी नगरपालिका मेयर गजेन्द्र महर्जनलाई हस्तान्तरण गरेका छन् ।
स्वास्थ्य सामग्री गोदावरी नगरपालिका–५ स्थित लेले प्राथमिक स्वास्थ्य केन्द्रमा सामग्री हस्तान्तरण गरिएको हो ।
सिलवालले अक्सिजन ५ थान, अल्ट्रासाउन्ड मेसिन पीपीई सेट, स्यानिटाइजर, मास्क, ग्लोब्स लगायत स्वास्थ्य सामग्री वितरण गरेका छन् भने नेता महर्जनले स्यानिटाइजर ग्लोब्स मास्क पीपीई सेट गरी ५० हजार रुपैयाँभन्दा बढीको छुट्टै स्वास्थ सामग्री वितरण गरेका छन् ।
गोदावरी नगरपालिकाका प्रवक्ता तथा ५ नम्बर वडाका वडा अध्यक्ष मिलन सिलवालको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रवक्ता सिलवालले स्वास्थ्य सामग्री दिने कल्याण सिलवाल र पहल गरिदिने कांग्रेस नेता राणा, महर्जन र घिमिरेको प्रशंसा गरेका छन् ।
नेता राणा र महर्जनको पहलमा बज्रबाराही हस्पिटलमा २ वटा भेन्टिलेटर समेत उपलब्ध गराइएको छ । नेता महर्जनले पहिलो कोभिड महामारीको समयमा पनि लगनखेल डोजोमा निमुखा दैनिक ज्याला मजदुरी गर्ने विपन्न परिवारलाई करीब २ महिनासम्म बिहान–साँझ खाना खुवाउने र नेता महर्जनकै समन्वयमा चापागाउँमा १ महिनासम्म ‘हुनेले दिएर जाऔं नहुने लिएर जाऊ’ बन्ने नारासहित फूड बैंक सञ्चालन गरेका थिए ।
फूड बैंक तरुण दलका क्षेत्रीय सचिव अनिल श्रेष्ठको संयोजकत्वमा सञ्चालन भएको थियो । राणा सोही क्षेत्रका प्रतिनिधि सभाका नेपाली कांग्रेसबाट उम्मेदवार थिए भने महर्जन प्रदेशसभा उम्मेदवार रहेका थिए । महर्जन झिनो मतान्तरले पराजित भएका थिए ।
कार्यक्रममा गोदावरी नगरपालिकाका उपमेयर मुना अधिकारी, बागमती गाउँपालिका प्रवक्ता वडाध्यक्ष विष्णु तिमल्सिना लगायतको उपस्थिति रहेको थियो ।

मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।