आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

एमालेका यी १७ सांसद एकैपल्ट बर्खास्त ! (नामसहित)

एमालेका यी १७ सांसद एकैपल्ट बर्खास्त ! (नामसहित)

  • मिडिया डबली
  • मंगलवार, जेठ २५ २०७८

  • 13.0K
    SHARES

  • एमालेका यी १७ सांसद एकैपल्ट बर्खास्त ! (नामसहित)

    काठमाडौं – नेकपा एमालेभित्र अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र माधवकुमार नेपालबीच विवाद चर्किरहेका बेला सुदूरपश्चिम प्रदेश सभाका १७ सांसद एकैपल्ट बर्खास्त हुने भएका छन् ।

    सुदूरपश्चिम प्रदेश सभामा माओवादी केन्द्रका मुख्यमन्त्री त्रिलोचन भट्टले विश्वासको मत लिने क्रममा पार्टी निर्देशन विपरीत ‘फ्लोर क्रस’ गर्ने १७ सांसदलाई बर्खास्त गर्ने अन्तिम तयारी एमालेले गरेको छ ।

    यसअघि एमालेले कर्णाली प्रदेश सभामा फ्लोर क्रस गर्ने सांसदलाई बर्खास्त गरिसकेको छ ।

    नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटीका अध्यक्ष कर्ण थापाले फ्लोर क्रस गरेका सांसदहरूलाई पहिले पनि स्पष्टीकरण सोधिएकाले अब बर्खास्त गर्ने तयारी रहेको बताएका छन् ।

    अध्यक्ष थापाले बर्खास्त गरिएको पत्र तयार भइरहेकाले आज मंगलबारै प्रदेश सभालाई जानकारी गराइने बताए ।

    एमाले केन्द्रले माओवादीको सरकारलाई दिएको समर्थन फिर्ता लिएर सरकार छाड्न निर्देशन दिँदादिँदै पनि नेपाल पक्षका सांसदले भट्टलाई समर्थन गरेका छन् । प्रदेश अध्यक्ष थापा प्रधानमन्त्री ओली समूहमा छन् भने प्रदेशसभा संसदीय दलमा नेपाल समूहको बहुमत रहेको छ । प्रदेशसभा दलका नेता प्रकाशबहादुर शाह नेपाल समूहमा रहेका छन् ।

    एमालेका सांसदहरू अमरबहादुर साउद, अर्चना गहतराज,  कुलवीर चौधरी, कृष्णराज सुवेदी, चुनकुमारी चौधरी, तारालामा तामाङ, दीर्घ सोडारी, दुर्गाकुमारी कामी, पूर्णा जोशी, प्रकाशबहादुर शाह,  प्रकाश रावल, बलबहादुर सोडारी, मनाकुमारी साउँद, माया भट्ट, लालबहादुर खड्का, सुशीला बुढाथोकी र हर्कबहादुर कुँवरले फ्लोर क्रस गर्दै मुख्यमन्त्री भट्टलाई विश्वासको मत दिएका हुन् । पार्टीले यी सबैलाई एकैपल्ट बर्खास्त गर्ने तयारी गरेको छ ।

    मुख्यमन्त्री भट्टलाई विश्वासको मत दिने भनेर एमाले सुदूरपश्चिम प्रदेश संसदीय दलले गरेको निर्णय ओली समूहका ७ जना सांसदले उल्लंघन गरेका छन् । सांसदहरू रतन थापा, नेपालु चौधरी, लीलाधर भट्ट, पठानसिंह बोहरा, माया तामाङ, बलदेव रेग्मी र ग्याल्बोसिंह बोहराले मुख्यमन्त्री भट्टको विपक्षमा मतदान गरेका छन् ।

    सभामुखसहित ५२ सदस्यीय प्रदेश सभामा मुख्यमन्त्री भट्टले मंगलबार ३० मत प्राप्त गरेका छन् । जसपाका २ सांसदले विपक्षमा मतदान गरेका छन् भने नेपाली कांग्रेसका १२ सांसद तटस्थ बसेका छन् । सुदूरपश्चिममा माओवादीका १३ सांसद रहेका छन् । मंगलबारको घटनाक्रमले माओवादीका मुख्यमन्त्रीलाई फाइदा हुँदा एमालेभित्र विवाद चर्किएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend