आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

एमालेका कमरेडले मन्त्रालयभित्रै छिरेर मन्त्रीमाथि गरे हातपात, दिउँसै तनावग्रस्त

एमालेका कमरेडले मन्त्रालयभित्रै छिरेर मन्त्रीमाथि गरे हातपात, दिउँसै तनावग्रस्त

  • मिडिया डबली
  • मंगलवार, जेठ २५ २०७८

  • 9.3K
    SHARES

  • एमालेका कमरेडले मन्त्रालयभित्रै छिरेर मन्त्रीमाथि गरे हातपात, दिउँसै तनावग्रस्त

    काठमाडौं – नेकपा एमालेभित्र बढ्दै गएको विवाद र झमेला हातपातकै स्थितिसम्म पुगेको छ ।

    सुदूरपश्चिम प्रदेश सरकारका भौतिक पूर्वाधार विकासमन्त्री दीर्घबहादुर सोडारीमाथि नेकपा एमालेका प्रदेश सचिव कमरेड राजेन्द्र रावलले हातपात गरेको आरोप लागेको छ ।

    मंगलवार मुख्यमन्त्री त्रिलोचन भट्टले विश्वासको मत माग्दा विपक्षमा मतदान गर्न निर्देशनसहित पार्टीको पत्र दिन रावल सोमवार मन्त्रालयमा पुगेपनि भेटवार्ता सौहार्द भएन । 

    मन्त्री सोडारीको सचिवालयले प्रेस विज्ञप्ति जारी गर्दै एमाले प्रदेश सचिव रावलले मन्त्रीमाथि दुर्व्यहार गरेको आरोप लगाएका छन् । मन्त्रीका स्वकीय सचिव ललितबहादुर बोहराले प्रेस विज्ञप्ति जारी गर्दै रावलले कार्यकक्षमै प्रवेश गरेर मन्त्रीमाथि अभद्र व्यवहार गरेको उल्लेख गरेका छन् ।

    विज्ञप्तिमा उल्लेख छ, ‘कञ्चनपुर जिल्ला बस्ने क. राजेन्द्र रावलले मन्त्रीज्यूको कार्यकक्षमा प्रवेश गरी प्रदेश सभाको विषयमा कुरा गर्दै अभद्र व्यवहार गरेकोप्रति सचिवालयको गम्भीर ध्यानाकर्षण भएको छ ।’

    मन्त्री सोडारी माधवकुमार नेपाल पक्षका मन्त्री हुन् भने प्रदेश सचिव पार्टी अध्यक्ष केपी शर्मा ओली पक्षका रहेका छन् । जेठ १० गते बसेको एमालेको स्थायी कमिटी बैठकले माओवादी केन्द्र नेतृत्वको सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेपछि सुदूरपश्चिममा विवाद चर्किएको छ ।

    पार्टीले निर्णय गरेपनि प्रदेश संसदीय दलले माओवादी नेतृत्वको सरकारलाई दिएको समर्थन कायमै राख्ने निर्णय गरिसकेको छ ।

    नेकपा एमालेभित्र विवाद कायमै रहेका बेला मुख्यमन्त्री भट्टले मंगलबार बिहान ९ बजे प्रदेश सभामा विश्वासको मत लिने भएका छन् । माधव नेपाल पक्षले मुख्यमन्त्री भट्टको पक्षमा मत दिने तयारी गरेको छ । तर एमालेले विपक्षमा मतदान गर्न ह्वीप जारी गरेको छ । 

    193767444_606903106938245_164093503276690994_n.jpg

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend