काठमाडौं – नेकपा एमालेभित्र विवाद चर्किएर नेता बामदेव गौतम कुनै पक्षमा नलागेका बेला अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको दूत बनेर नवनियुक्त उपप्रधान तथा परराष्ट्रमन्त्री रघुवीर महासेठ गौतमको घरमै पुगेका छन् ।
पार्टीभित्र असन्तुष्ट रहेका गौतमलाई फकाउन ओलीले महासेठको अस्त्र प्रयोग गरेका स्रोतले जनाएको छ ।
अध्यक्ष ओली र नेता माधवकुमार नेपालबीच विवाद चर्किएका बेला नेता गौतम तटस्थ रहेका छन् । गौतमले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा समर्थन गर्ने नेता नेपालको कार्य र प्रतिनिधिसभा विघटन गर्ने ओलीको कार्यको विरोध गरिरहेका छन् ।
नेता नेपालले पार्टी विभाजन गरेमा साथ दिने नेता गौतमले बताउँदै आएका छन् । महासेठमार्फत ओलीले गौतमलाई पार्टी एकताको प्रयास अन्तिम समयसम्म गर्न र पार्टी विभाजन भएका खण्डमा आफ्नो पक्षमा उभिन आग्रह गरेका स्रोतले जनाएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।