आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

कम्युनिस्टहरूलाई कांग्रेस नभई नहुने, प्रचण्ड र माधव नेपाल दुवै देउवाको शरणमा

कम्युनिस्टहरूलाई कांग्रेस नभई नहुने, प्रचण्ड र माधव नेपाल दुवै देउवाको शरणमा

  • मिडिया डबली
  • सोमवार, जेठ २४ २०७८

  • 6.0K
    SHARES

  • कम्युनिस्टहरूलाई कांग्रेस नभई नहुने, प्रचण्ड र माधव नेपाल दुवै देउवाको शरणमा

    काठमाडौं – कुनै बेला सबै कम्युनिस्ट मिलेर नेपाली कांग्रेसलाई सिध्याउनतिर लागेका थिए तर अहिले कम्युनिस्टहरूलाई जता पनि नेपाली कांग्रेस नै चाहिने भएको छ ।

    प्रधानमन्त्री केपी शर्मा ओलीले लखेटेपछि अलपत्र परेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमाले नेता माधवकुमार नेपाल कांग्रेस सभापति शेरबहादुर देउवाको शरणमा पुगेका छन् ।

    देउवानिवास बुढानीलकण्ठ पुगेर माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र एमाले नेता नेपालले आगामी रणनीतिबारे छलफल गरेका छन् ।

    हिजो आईतबार नेकपा एमाले अध्यक्ष ओलीले पार्टी एकताको प्रस्तावमा नेता झलनाथ खनाल र नेपाल पक्षका सांसदको रिटमा प्रयोग भएको हस्ताक्षर फिर्ता लिनुपर्ने शर्त राखेपछि प्रचण्ड र नेपाल देउवानिवास पुगेका जनाइएको छ ।

    सभापति देउवालाई प्रधानमन्त्री बनाउन माग गर्दै सर्वोच्च अदालतमा दायर रिटमा एमालेको खनाल–नेपाल पक्षका २३ सांसदको हस्ताक्षर रहेको छ । सोमवार बसेको नेता नेपाल पक्षीय स्थायी कमिटी सदस्यको बैठकमा हस्ताक्षर फिर्ता नहुने जनाएका छन् । 

    सभापति देउवानिवास जानुअघि प्रचण्ड र नेपालबीच नेपाल निवास कोटेश्वरमा भेटवार्ता भएको थियो । प्रचण्डसँगको भेटमा नेता नेपालले हस्ताक्षर फिर्ता नहुने प्रतिवद्धता जनाएका स्रोतले जनाएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७०२:३८:१४
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend