आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

माधव नेपाल पक्षको यस्तो ‘बोल्ड’ निर्णय, केपी ओलीलाई ठूलो धक्का !

माधव नेपाल पक्षको यस्तो ‘बोल्ड’ निर्णय, केपी ओलीलाई ठूलो धक्का !

  • मिडिया डबली
  • सोमवार, जेठ २४ २०७८

  • 4.8K
    SHARES

  • माधव नेपाल पक्षको यस्तो ‘बोल्ड’ निर्णय, केपी ओलीलाई ठूलो धक्का !

    काठमाडौं – नेकपा एमालेभित्र असन्तुष्ट नेता माधवकुमार नेपाल र भलनाथ खनाल पक्षलाई फकाउन अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रयोग गरेको अस्त्र असफल भएको छ ।

    पार्टी एकताका लागि आईतबार साँझ लिखित आह्वान गर्दै प्रधानमन्त्री ओलीले एकताका लागि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन गरिएको हस्ताक्षर फिर्ता लिनुपर्ने शर्त राखेका थिए । तर नेपाल पक्षले हस्ताक्षर फिर्ता नलिने निर्णय गरेको छ ।

    सोमबार भर्चुअल माध्यमबाट बसेको नेपाल–खनाल पक्षको बैठकले देउवालाई प्रधानमन्त्री बनाउन भन्दै सर्वोच्च अदालतमा दर्ता गरिएको हस्ताक्षर फिर्ता नगर्ने निर्णय गरेको हो । 

    आईतबार ओलीले पार्टी एकताका लागि ६ बुँदे लिखित आह्वान गरेका थिए । बैठकको निर्णयबारे बताउँदै स्थायी कमिटी सदस्य बेदुराम भुसालले हस्ताक्षर फिर्ता नहुने बताए ।

    बैठकले देउवाको पक्षमा गरेका हस्ताक्षर फिर्ता लिन प्रतिनिधिसभा विघटनको निर्णय फिर्ता लिनुपर्ने शर्त राखेको छ ।

    ओलीको वक्तव्यलाई जवाफ दिन नेपाल–खनाल पक्षले आज सोमबारै लिखित वक्तव्य प्रकाशित गर्ने जनाइएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend