आइतवार, आश्विन २५ २०८३Oct 11 2026

Logo
images images

शपथ ग्रहणकै दिन कांग्रेसका मन्त्रीले गरे यस्तो लोकप्रिय निर्णय, जनता खुसी

शपथ ग्रहणकै दिन कांग्रेसका मन्त्रीले गरे यस्तो लोकप्रिय निर्णय, जनता खुसी

  • मिडिया डबली
  • सोमवार, जेठ २४ २०७८

  • 18.4K
    SHARES

  • शपथ ग्रहणकै दिन कांग्रेसका मन्त्रीले गरे यस्तो लोकप्रिय निर्णय, जनता खुसी

    काठमाडौं – लामो समयपछि सरकारमा सहभागी भएको नेपाली कांग्रेसका मन्त्रीले कर्णाली प्रदेशमा लोकप्रिय निर्णय गरेका छन् ।

    नेपाली कांग्रेसबाट कर्णाली प्रदेश सरकारमा सामाजिक विकास मन्त्री बनेका यज्ञबहादुर बिसीले कोरोना भाइरस संक्रमण विरुद्धको खोपका लागि सबै जिल्लामा बजेट पठाएका छन् ।

    मन्त्री पदको शपथ ग्रहण गरेकै दिन आईतबार मन्त्री बिसीले रुकुम पश्चिममा १६ लाख ३९ हजार, सल्यानमा १७ लाख ४३ हजार १२५, सुर्खेतमा २६ लाख २७ हजार ६२५, दैलेखमा १९ लाख ५२ हजार ५००, जाजरकोटमा १६ लाख ९६ हजार ८००, डोल्पामा १४ लाख ३५ हजार ५००, जुम्लामा १२ लाख ८७ हजार, कालिकोटमा १६ लाख ३६ हजार ५००, मुगुमा ९ लाख ७३ हजार १९० र हुम्लामा १० लाख ५३ हजार ५०० रुपैयाँ बजेट पठाएका छन् ।

    जनस्तरबाटै कोरोना खोपको माग आइरहेका बेला मन्त्री बिसीले गरेको निर्णयपछि जनता खुसी भएका छन् । कम्युनिस्टहरू सरकारमा रहेर विभिन्न भ्रष्टाचार, अनियमितता र कमिसनमा मुछिएका बेला मन्त्री बिसीको निर्णयले कांग्रेसको लोकप्रियता बढ्ने विश्लेषण भइरहेको छ । 

    ncb.jpg

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend