आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

ओलीको आह्वानपछि नेपाल पक्षको स्थायी कमिटीको आकस्मिक बैठक बोलाइयो

ओलीको आह्वानपछि नेपाल पक्षको स्थायी कमिटीको आकस्मिक बैठक बोलाइयो

  • मिडिया डबली
  • सोमवार, जेठ २४ २०७८

  • 5.0K
    SHARES

  • ओलीको आह्वानपछि नेपाल पक्षको स्थायी कमिटीको आकस्मिक बैठक बोलाइयो

    काठमाडौं – नेकपा एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी एकताका लागि राखेको प्रस्तावबारे छलफल गर्न नेता झलनाथ खनाल र माधवकुमार नेपाल समूहका स्थायी कमिटी सदस्यहरुले सोमबार छलफल गर्ने भएका छन् ।

    आज सोमवार भर्चुअल रुपमा छलफल गर्न लागिएको जनाइएको छ ।

    नेपाल पक्षीय स्रोतले भन्यो, ‘ओलीले राखेका प्रस्तावबारे आज छलफल गर्दैछौं । समय तय भइसकेको छैन । भर्चुअल रुपमा स्थायी कमिटी बैठक बस्दैछ ।’

    प्रधानमन्त्री ओलीले आईतबार ६ बुँदे प्रस्ताव राखेका थिए । त्यसमा आफू २०७५ जेठ ३ पूर्वकै संरचना अनुसार पार्टी सञ्चालन गर्न तयार रहेको तर नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन गरिएका हस्ताक्षर फिर्ता लिइनुपर्ने शर्त राखिएको छ ।

    अध्यक्ष ओलीले प्रस्ताव राखेको सार्वजनिक भएपछि खनाल–नेपाल पक्षका नेता योगेश भट्टराईले सकारात्मक भन्दै प्रतिक्रिया दिएका छन् भने रामकुमारी झाँक्रीले शर्तसहित आएका प्रस्ताव फण्डा मात्रै हुनसक्ने आशंका गरेकी छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend