आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

केपी ओलीको ‘अफर’ रामकुमारी झाँक्रीले गरिन् अस्वीकार, त्यसपछि यस्तो खुलासा

केपी ओलीको ‘अफर’ रामकुमारी झाँक्रीले गरिन् अस्वीकार, त्यसपछि यस्तो खुलासा

  • मिडिया डबली
  • सोमवार, जेठ २४ २०७८

  • 5.5K
    SHARES

  • केपी ओलीको ‘अफर’ रामकुमारी झाँक्रीले गरिन् अस्वीकार, त्यसपछि यस्तो खुलासा

    काठमाडौं – नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीलाई एकतावद्ध गरेर लैजान सार्वजनिक आह्वान गर्दै गरेको ‘अफर’ नेत्री रामकुमारी झाँक्रीले अस्वीकार गरेकी छन् ।

    प्रधानमन्त्री ओलीले आईतबार साँझ लिखित आह्वान सार्वजनिक गर्दै पार्टी एकतालाई रक्षा तथा सुदृढ गर्न ६ बुँदे प्रस्ताव सहितको आह्वान गरेका थिए । आह्वानमा पार्टी कमिटी र जनसंगठनहरु २०७५ जेठ ३ पूर्वको अवस्थामा फर्केर क्रियाशील हुने घोषणा गरिएको छ ।

    तर नेत्री झाँक्रीले सार्वजनिक आह्वान छलफल र सहमतिबाट नभई एकपक्षीय रूपमा आएकाले झुक्याउने र अल्मल्याउने खेल भएको खुलासा गरिन् ।

    सामाजिक सञ्जाल फेसबुकमा प्रतिक्रिया जनाउँदै झाँक्रीले पार्टी एकता हुन नदिने डिजाइन अनुसार वक्तव्य आएको बताएकी छन् ।

    उनले लेखेकी छन्, ‘भर्खरै मिडियामा अध्यक्ष क. खड्गप्रसाद ओलीको नामबाट आएको वक्तव्य पढ्न पाइयो । सुरूमा यो वक्तव्य देखेर म पनि खुसी भएँ । उत्साहित हुँदै पढें । पढ्दै जाँदा लाग्यो पार्टीको एकता खास उद्देश्यका लागि थियो र एकता भंग पनि खास उद्देश्य पूरा गर्न योजनागत ढंगले गरिएको कुरा दिनको घाम जस्तै छ । अब रह्यो नेकपा एमालेको एकताको कुरा– यो साँच्चै एकताको लागि गरिएको भए एकता गर्नुपर्ने दुई पक्षबीचमा सहमति गरी वरिष्ठ नेता कमरेड माधव नेपाल सहितको संयुक्त वक्तव्यको रूपमा आउथ्यो । एकतर्फी घोषणा गरेर एकता गर्न खोजिएको होइन । झुक्याउन, अलमलाउन र मिडिया कन्जम्सनको लागि हो भनेर बुझ्नुपर्छ । अझ गम्भीर कुरा त के छ भने बुँदा नम्बर ४ मा अदालतमा दिएको हस्ताक्षर फिर्ता गरिनेछ भनिएको छ । यो कसले फिर्ता लिने ? फिर्ता लिने पक्षसँग यो वक्तव्य जारी गर्न सहमति वा संवाद आवश्यक पर्ने होइन र ? लोकतन्त्रको रक्षाको लागि संविधानलाई क्रियाशील गराउन, संसद पुनःस्थापना गर्न, हामी अदालतको ढोका ढक्ढकाउन पुगेका थियौं । हामीहरूले यसको सुनिश्चिता विना हस्ताक्षर फिर्ता लिने भन्ने प्रश्न नै आउँदैन । त्यसैले यो एक प्रकारले पार्टी एकता हुन नदिने डिजाइनका साथ आएको वक्तव्य हो । यसप्रति भ्रममा नपर्न अनुरोध गर्दछु । विकसित घटनाक्रम र समग्र पछिल्लो राजनीतिक परिस्थितिबारे हाम्रो पार्टीको स्थायीको बैठक बसी संस्थागत धारणा दिइनेछ ।

    यसअघि अध्यक्ष ओलीले संगठनात्मक क्षेत्रका निष्कर्षहरू कार्यान्वयन गर्ने क्रममा देखापर्ने समस्या समाधानका लागि कार्यदलले काम गर्ने घोषणा गरेका छन् । पार्टीका नेताबाट भएका गल्ती तथा कमी–कमजोरीलाई लिएर कुनै कारवाही नगरिने, पूर्वाग्रह र भेदभाव समेत नगरिने समेत आह्वानमा उल्लेख छ ।

    नेकपा एमालेभित्र माधवकुमार नेपाल पक्षले नयाँ पार्टी खोल्ने समेतको तयारी गरिरहेका बेला अध्यक्ष ओलीबाट एकताको लागि आह्वान गरिएको छ ।

    यस्तो थियो अध्यक्ष ओलीको आह्वान – 

    kk1.jpgkk2.jpg

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend