आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

अन्ततः केपी ओली झुके : माधव नेपालका माग पूरा, एकतामा आउन लिखित आह्वान (पूर्णपाठ)

अन्ततः केपी ओली झुके : माधव नेपालका माग पूरा, एकतामा आउन लिखित आह्वान (पूर्णपाठ)

  • मिडिया डबली
  • आइतवार, जेठ २३ २०७८

  • 6.2K
    SHARES

  • अन्ततः केपी ओली झुके : माधव नेपालका माग पूरा, एकतामा आउन लिखित आह्वान (पूर्णपाठ)

    काठमाडौं – लामो समयदेखि माग पूरा नगरी नेता माधवकुमार नेपाल पक्षलाई कारवाही गर्दै आएका एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली अन्ततः झुकेका छन् ।

    प्रधानमन्त्री ओलीले आईतबार साँझ लिखित आह्वान सार्वजनिक गर्दै पार्टी एकतालाई रक्षा तथा सुदृढ गर्न ६ बुँदे प्रस्ताव सहितको आह्वान गरेका छन् । आह्वानमा पार्टी कमिटी र जनसंगठनहरु २०७५ जेठ ३ पूर्वको अवस्थामा फर्केर क्रियाशील हुने घोषणा गरिएको छ ।

    अध्यक्ष ओलीले संगठनात्मक क्षेत्रका निष्कर्षहरू कार्यान्वयन गर्ने क्रममा देखापर्ने समस्या समाधानका लागि कार्यदलले काम गर्ने घोषणा गरेका छन् । पार्टीका नेताबाट भएका गल्ती तथा कमी–कमजोरीलाई लिएर कुनै कारवाही नगरिने, पूर्वाग्रह र भेदभाव समेत नगरिने समेत आह्वानमा उल्लेख छ ।

    नेकपा एमालेभित्र माधवकुमार नेपाल पक्षले नयाँ पार्टी खोल्ने समेतको तयारी गरिरहेका बेला अध्यक्ष ओलीबाट एकताको लागि आह्वान गरिएको छ ।kk1.jpgkk2.jpg

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend