आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

बैशाख १३ गते मध्यराति मेरो जीवनमा ठूलो घटना घट्यो, म चिन्तित र पीडित छु : बाबुराम भट्टराई

बैशाख १३ गते मध्यराति मेरो जीवनमा ठूलो घटना घट्यो, म चिन्तित र पीडित छु : बाबुराम भट्टराई

  • मिडिया डबली
  • आइतवार, जेठ २३ २०७८

  • 8.2K
    SHARES

  • बैशाख १३ गते मध्यराति मेरो जीवनमा ठूलो घटना घट्यो, म चिन्तित र पीडित छु : बाबुराम भट्टराई

    काठमाडौं – जनता समाजवादी पार्टी (जसपा) नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले गत बैशाख १३ गते आफ्नो जीवनमा ठूलो घटना घटेको खुलासा गरेका छन् ।

    हिमालय टेलिभिजनको यक्षप्रश्न कार्यक्रममा अन्तर्वार्ता दिँदै डा. भट्टराईले त्यो घटनाले देश नै खतरामा परेको संकेत गरे ।

    ‘बैशाख १३ गते मध्यराति मेरो जीवनमा ठूलो घटना घट्यो । त्यो समय आएपछि जनतालाई बताउँछु,’ उनले भने, ‘यसबारे प्रधानमन्त्रीलाई बताउँदै देशलाई बचाउने हो भने राष्ट्रिय सरकार बनाऔं भनेर, देशलाई त्यस्तो घात हुँदैछ भनेर मेरो देशको प्रधानमन्त्रीलाई मैले सूचना दिएकै हो । तर प्रधानमन्त्रीले विषयान्तर गर्नुभयो । तर एकदिन जनतालाई बताउँछु । म अत्यन्तै चिन्तित र पीडित छु ।’

    डा. भट्टराईले प्रधानमन्त्री ओली सुध्रिने नदेखिएकाले वैकल्पिक मोर्चाको बलमा देशको राष्ट्रिय स्वाधिनता, लोकतन्त्र, संविधान बचाउन लागिरहेका बताए । ‘व्यवस्था नै उल्ट्याउन भित्र र बाहिरका शक्तिको ग्राइन्ड डिजाइनमा पुस ५ गतेदेखि यो डिजाइन भएको छ,’ डा. भट्टराईले भने, ‘प्रशासन, अदालत, भताभुङ्ग पार्ने र देशलाई बर्बादीतिर लैजाने षड्यन्त्र छ ।’

    त्यो घटनाबारे विस्तृतमा जानकारी दिन भने डा. भट्टराईले अस्वीकार गरे । उनले भने, ‘युद्धका कतिपय गोपनीयता खोलिँदैन, युद्ध मोर्चामा प्रयोग गरिने लडाइँका विधि खोलिनु हुँदैन ।’

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend