काठमाडौं – कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओलीले अध्यादेशबाट देश चलाइरहेको भनेर आलोचना भइरहेका बेला राष्ट्रपति विद्यादेवी भण्डारीबाट आईतबार फेरि अर्काे अध्यादेश जारी भएको छ ।
राष्ट्रपति भण्डारीले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी अध्यादेश २०७८ जारी गरेकी छन् ।
ओली नेतृत्वको मन्त्रिपरिषद् बैठकको सिफारिसमा राष्ट्रपति भण्डारीले स्वास्थ्यकर्मी र स्वास्थ्य संस्थाको सुरक्षा प्रावधान र सजाय समेटिएको अध्यादेश जारी गरेकी छन् ।
कोरोना महामारीको बेला स्वास्थ्यकर्मीमाथि आक्रमणको कार्य बढेपछि सरकारले अध्यादेश ल्याएको छ । अध्यादेशमार्फत स्वास्थ्यकर्मीमाथि आक्रमण गर्नेलाई जेल सजाय र जरिवानाको व्यवस्था बढाइएको छ ।

मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।