आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

तत्कालै थप मन्त्री नियुक्त गर्दै केपी ओली ! गोकुल, महेशसहित यी नाम चर्चामा

तत्कालै थप मन्त्री नियुक्त गर्दै केपी ओली ! गोकुल, महेशसहित यी नाम चर्चामा

  • मिडिया डबली
  • आइतवार, जेठ २३ २०७८

  • 6.4K
    SHARES

  • तत्कालै थप मन्त्री नियुक्त गर्दै केपी ओली ! गोकुल, महेशसहित यी नाम चर्चामा

    काठमाडौं – कम्युनिस्ट प्रधानमन्त्री केपी शर्माले रिक्त रहेका मन्त्रालयमा तत्कालै मन्त्री नियुक्त गर्ने तयारी गरेका छन् ।

    जनता समाजवादी पार्टी (जसपा) नेपालको एउटा समूहलाई सरकारमा सहभागी गराइसकेका ओलीले रिक्त मन्त्रालयमा थप नियुक्ति गर्ने भएका हुन् ।

    प्रधानमन्त्री ओलीले रिक्त ८ मन्त्रालयमध्ये ७ मन्त्री नियुक्तिको तयारी गरिरहेको बालुवाटार स्रोतले जनाएको छ । रक्षा मन्त्रालय भने ओलीले आफैंसँग राख्ने भएका हुन् ।

    हाल ओली सरकारमा रक्षा मन्त्रालय, गृह मन्त्रालय, सूचना तथा सञ्चार प्रविधि मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, कृषि तथा पशुपन्छी विकास मन्त्रालय, वन तथा वातावरण मन्त्रालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा विभागीय मन्त्री नियुक्त भएका छैनन् ।

    ओली सरकारमा सहभागी हुन मन्त्रीका आकांक्षीको सूची लामो रहेकाले छनोट गर्न अप्ठ्यारो भइरहेको स्रोतले जनाएको छ ।

    मन्त्री बन्ने सूचीमा गोकुल बाँस्कोटा, महेश बस्नेत, खगराज अधिकारी, कर्ण थापा लगायत नाम चर्चामा रहेका छन् । गृह र सञ्चार मन्त्रालय सम्हाल्न आकांक्षीबीच प्रतिस्पर्धा रहेको छ ।

    गत प्रतिनिधिसभा निर्वाचनमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाकी श्रीमती डा. आरजु राणा देउवालाई पराजित गरेका नारदमुनी राना, राजेन्द्र गौतम लगायतको नाम समेत मन्त्री हुने सूचीमा छ ।

    महिला नेत्रीतर्फ विद्या भट्टराई, शान्ता चौधरी, राधा ज्ञवाली लगायत महिलाहरु मन्त्रीका आकांक्षी रहेका जनाइएको छ ।

    ओलीले गत शुक्रबार जसपाका ८ मन्त्री र एमालेका २ मन्त्री थपेर मन्त्रिपरिषद् विस्तार गरेका हुन् । सर्वोच्च अदालतमा मुद्दा विचाराधीन रहेकाबाहेक पूर्व माओवादीबाट एमालेमा आएका रामबहादुर थापा, टोपबहादुर रायमाझी पक्षबाट समेत मन्त्रीमा केही व्यक्ति समेटिन सक्ने स्रोतले जनाएको छ । 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend