आइतवार, आश्विन २५ २०८३Oct 11 2026

Logo
images images

माओवादीसँग मिलेर कांग्रेसका २ मन्त्री नियुक्त, रचियो इतिहास (सूचीसहित)

माओवादीसँग मिलेर कांग्रेसका २ मन्त्री नियुक्त, रचियो इतिहास (सूचीसहित)

  • मिडिया डबली
  • आइतवार, जेठ २३ २०७८

  • 4.6K
    SHARES

  • माओवादीसँग मिलेर कांग्रेसका २ मन्त्री नियुक्त, रचियो इतिहास (सूचीसहित)

    काठमाडौं – गत प्रतिनिधिसभा र प्रदेशसभा चुनावपछि देशैभर प्रतिपक्षमा बसेको नेपाली कांग्रेस पहिलोपटक सरकारमा सहभागी भएको छ ।

    नेकपा माओवादी केन्द्र नेतृत्वको कर्णाली प्रदेश सरकारसँग मिलेर कांग्रेसले २ मन्त्री पाएर प्रदेशमा सत्तारुढ दल हुने इतिहास रचेको हो ।

    कम्युनिस्ट मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कांग्रेसको कोटाबाट २ जनालाई मन्त्री नियुक्त गर्दै शनिवार साँझ मन्त्रिपरिषद् विस्तार गरेका छन् ।

    कांग्रेसबाट सुर्खेतका यज्ञबहादुर बीसी सामाजिक विकास मन्त्री र जुम्लाका दीनबन्धु श्रेष्ठलाई जलस्रोत तथा ऊर्जा विकासमन्त्री नियुक्त भएका छन् ।

    नेपाली कांग्रेस संसदीय दलको बैठकले बीसी र श्रेष्ठलाई सरकारमा पठाउने निर्णय गरेपछि मुख्यमन्त्री शाहीले शनिवार साँझ प्रदेश प्रमुखलाई सिफारिस गरेका थिए । प्रदेश प्रमुखको कार्यालयले पनि शनिवार साँझै मन्त्री नियुक्त भएको जानकारी दिएको छ ।

    कांग्रेसबाट सरकारमा सहभागी भएका २ जना मन्त्रीलाई आईतवार सपथ खुवाउने तयारी गरिएको जनाइएको छ ।

    नेपाली कांग्रेसले गत वैशाख ३ गते मुख्यमन्त्री शाहीलाई संसदमा विश्वासको मत दिएर साथ दिएको थियो । त्यसक्रममा नेकपा एमालेको माधवकुमार नेपाल पक्षका ४ जना सांसदले फ्लोर क्रस गरी मुख्यमन्त्री शाहीको सत्ता जोगाएका थिए । गत शुक्रवार साँझ कांग्रेसले १३ बुँदे आचारसंहितासहित २ जनालाई सरकारमा पठाउने निर्णय गरेको थियो ।

    कांग्रेसका २ जना मन्त्री थपिएसँगै कर्णालीको मन्त्रिपरिषद् ८ सदस्यीय बनेको छ । मन्त्रिपरिषद्मा मुख्यमन्त्रीसहित ३ जना माओवादी केन्द्रका रहेका छन् भने एमाले माधव पक्षका ३ जना र कांग्रेसका २ जना सदस्य रहेका छन् ।

    minc.jpg

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend