आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

नारायणकाजी श्रेष्ठ ओली सरकारमा मन्त्री हुन लागेका हुन् ? पढ्नुहोस् स्पष्टीकरण

नारायणकाजी श्रेष्ठ ओली सरकारमा मन्त्री हुन लागेका हुन् ? पढ्नुहोस् स्पष्टीकरण

  • मिडिया डबली
  • शनिवार, जेठ २२ २०७८

  • 8.4K
    SHARES

  • नारायणकाजी श्रेष्ठ ओली सरकारमा मन्त्री हुन लागेका हुन् ? पढ्नुहोस् स्पष्टीकरण

    काठमाडौं – नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा सहभागी हुने चर्चा चलेपछि उनले स्पष्टीकरण सार्वजनिक गरेका छन् ।

    केही अनलाइन मिडियाले श्रेष्ठले ओलीलाई बालुवाटारमा भेटेर सरकारमा सहभागी हुन लागेको समाचार प्रकाशित गरेपछि श्रेष्ठले ट्विटरमार्फत धारणा सार्वजनिक गरेका छन् ।

    नेता श्रेष्ठले सरकारमा सहभागी हुने कुरा शतप्रतिशत झूट रहेको बताएका छन् ।

    उनले ट्विटरमा लेखेका छन्, ‘रिपोर्टर्स नेपाल अनलाइनले मैले प्रम ओलीलाई बालुवाटारमा भेटेर सरकारमा सहभागी हुने सहमति गरेको भनी प्रसारित गरेको समाचार शतप्रतिशत झूट, कपोकल्पित र षड्यन्त्रमूलक भएकाले त्यसको तीब्र भर्त्सना गर्दछु । ओली नेतृत्वमा भइरहेको प्रतिगमन, निरंकुशता, राष्ट्रघात र कम्युनिस्टघातविरुद्ध एक होऔं ।’

    प्रधानमन्त्री ओलीले शुक्रबार मन्त्रिपरिषद् पुनर्गठन गरेपनि केही आकर्षक मन्त्रालय खाली राखेका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend